नुवाकोट – बागमती प्रदेश युवा परिषद्ले हरेक स्थानीय तहमा युवालाई उद्यमशील बनाउने अभियान अघि बढाएको छ ।
उद्यमशीलको लागि युवाहरुलाई सूचीकरण माग गरिएको प्रदेश युवा परिषद् नुवाकोटका अध्यक्ष उद्धव पनेरुले जानकारी दिए । युवाको चाहना र आवश्यकता अनुसार चालू आर्थिकवर्षमा प्रदेशका १३ वटा जिल्लाहरुमा १६० र ३९० घण्टे सीपमूलक व्यवसायीक तालिम सञ्चालनको लागि सहभागीहरु छनौट गर्न फारम संकलन गरिन लागेको उनले बताए ।
निर्माण, सेवा, कृषि, होटल तथा पर्यटन, होजियारी तथा तयारी पोशाक र नर्सरी तथा गार्डेन व्यवस्थापन क्षेत्रमा विभिन्न २३ पेशागत नि:शुल्क तालिमको लागि फाराम भरी सुचिकृतको लागि अनुरोध गरिएको छ ।
यसअघि जिल्ला युवा समिति नुवाकोटले प्रदान गरेको तालिममा सहभागिता जनाएका व्यक्तिले पुन: सोहि तालिम लिन नसकिने उनले बताए ।
स्वरोजगार भइ स्थानीयस्तरमै जीविकोपार्जन गर्न परिषद्ले तालिम ल्याएको हो । हरेक पेशागत तालिममा २०/२० जनालाई सहभागी गराईने जनाएको छ ।
तालिमको लागि सूचीकरण गर्न यहाँ क्लिक वा ट्याब गर्नुहोस् ।
प्रतिक्रिया