sujim advert

त्रिशूलीमा फागु पर्व विधिवत रुपमा सुरु

डबली खबर     चैत्र ४, २०८०

sizen education new intake 2025
ananda Jewellery shop
advertisement placement

bidur tax consultancy services in nuwakot

नुवाकोट – यस वर्षको फागु (होली) पर्व सुरु भएको छ । विदुर नगरपालिकाको वडा नम्बर १ त्रिशूलीका नेवार समुदायले विशेष पूजा गरी होली सुरु गरेका छन् ।

त्रिशूली बजारभित्र रहेको गणेश मन्दिरमा पूजा गरी होली पर्वको औपचारिक शुरुवात् स्वरुप परापूर्वकालदेखि मनाउँदै आएको गणे: द्ये जात्रा मनाएको स्थानीय केशवबहादुर श्रेष्ठले जानकारी दिए ।

जात्रामा नेवारी धिमे बाजा, धा:वाजा र बाँसुरीसहित स्थानीयले रथारोहण गरी बजार क्षेत्र परिक्रमा गरेको छ । अबिर माला लगाउँदै बजारको भित्रि मार्ग (साँघु बजार), त्रिशूली पुल, धोबी खोल्सा हुदैं सोहि मार्ग भएर प्राधिकरण गेट, इन्टेक हुदैं मन्दिरमा आएर रथयात्रा गरेको थियो ।

स्थानीय पर्वको उत्थानको लागि आफु लागिपर्ने विदुर नगरपालिका वडा नम्बर १ का अध्यक्ष लेनिन रञ्‍जितले बताए ।

काठमाडौँको वसन्तपुरस्थित हनुमानढोका अगाडि ध्वजापताकाले सजाइएको चिर ठड्याएर फागु पर्व विधिवत रुपमा सुरु गरिएको छ ।

होली यही चैत ११ गते फागु पर्व परेको छ । काठमाडौँ उपत्यका लगायत पहाडी क्षेत्रमा सोही दिन यो पर्व मनाइन्छ भने तराई क्षेत्रमा भोलिपल्ट होली मनाइन्छ ।

HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top