+
Search

ताजा अपडेट +

पपुलर +

प्रदेश मगर महिला सङ्घमा बच्चुमाया

women magar commiittee bagamati province
डबली खबर
२ साल अगाडी

विदुर – नेपाल मगर महिला सङ्घ बागमती प्रदेशको अध्यक्षमा बच्चुमाया सुनारी मगर निर्वाचित भएकी छिन् ।

शुक्रवार काभ्रेपलान्चोकमा भएको सङ्घको दोस्रो अधिवेशनबाट बच्चुमायालाई अध्यक्षमा सर्वसम्मत चयन गरिएको हो । बच्चुमायाको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति गठन गरिएको छ ।

बच्चुमाया नेपाल मगर सङ्घ नुवाकोटकी अध्यक्ष हुन् ।

प्रदेश सङ्घको उपाध्यक्षमा धादिङकी उषा थापामगर, सचिवमा मकवानपुरकी चमेली सिजाली र कोषाध्यक्षमा ललितपुरकी मञ्जु रानामगर चयन भएका छन् ।

प्रदेश सङ्घकी नवनिर्वाचित अध्यक्ष बच्चुमायाले मगर सुमदायहरुको हक, हितको लागि थप आवाज उठाउने बताइन् ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ