२०८१, १५ बैशाख शनिबार

सहकारी क्षमता अभिवृद्धि तालिम

डबली खबर     चैत्र ३ २०८० १९:३२

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

डिहिबजार – सहयोगी बहुद्देशीय सहकारी संस्था लिमिटेडले आफ्ना सदस्य तथा कर्मचारीलाई क्षमता अभिवृद्धि तालिम दिएको छ ।

आज शनिबार भएको एकदिवसीय तालिममा सहकारीका कार्यसमिति, उपसमिति र कर्मचारीलाई सहकारीका विद्यमान सहकारीका चुनौती, समस्यालगायतका विषयमा तालिम दिइएको सहकारीका अध्यक्ष केदारप्रसाद रिजालले जानकारी दिए ।

तालिममा जिल्ला सहकारी संघका पूर्वअध्यक्ष बैकुण्ठ मिश्र र नुवाकोट बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नारायण श्रेष्ठले सहजिकरण गरेका थिए ।

तालिममा जिल्ला सहकारी संघका पूर्वअध्यक्ष मिश्रले सहकारीको इतिहास, सिद्धान्त, ऐन कानुनलगायतका विषयमा प्रस्तुति दिएका थिए । साथै जिल्लाको सहकारीको वर्तमान परिपेक्ष्य, समस्या, चुनौतीबारे प्रष्ट परेका थिए ।

तालिममा नुवाकोट बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्रेष्ठले सहकारी व्यवस्थापक र कर्मचारीको भूमिकाबारे प्रस्तुति दिएका थिए। श्रेष्ठले व्यवस्थापक, कर्मचारी र लेखा सुपरिवेक्षण समिति सक्रिय भएको संस्थामा सहकारीमा समस्या नहुने बताए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top