sujim advert

वाप्पाबाट श्राद्ध, मगर बौद्ध सेवा समाज गठन

डबली खबर     फाल्गुन १५, २०८०

sizen education new intake 2025
ananda Jewellery shop

magar nuwakot
bidur tax consultancy services in nuwakot

विदुर – नेपाल मगर संघ जिल्ला समन्वय समिति नुवाकोटले ४२औं मगर स्थापना दिवस मनाएको छ ।

आज मंगलबार मगर दिवसको अवसरमा विदुर नगरपालिका पिपलटार वडा नम्बर ५ का विश्वराज जर्गा मगरको स्वर्गीय पिता गोविन्दबहादुर जर्गा मगरको वार्षिक पितृ श्राद्धका दिन नेपाल मगर बौद्ध सेवा समाज वाप्पा बागमती प्रदेश सचिव प्रशिक्षक तथा गुरु दुर्गाबहादुर ज्ञाङमि मगरबाट श्राद्ध गरिएको छ ।

नुवाकोटमा पहिलाेपटक सुरु गरिएको मगर परम्परा अनुसारकाे कर्मकाण्डले अब जिल्लाका मगर समुदायले यसलाई जिल्लाभरका मगरहरुलाई प्रशिक्षित गराई कार्यान्वयनमा लाग्नुपर्ने नेपाल आदिवासी जनजाती महासंघ नुवाकोटका अध्यक्ष भगवान रानामगरले बताए ।

आफ्नो भाषा, सस्कृति र पहिचानको क्षेत्रमा लागि परिरहेको संघ नुवाकोटले वाप्पाबाट परम्परा अनुसार कर्मकाण्ड गर्ने उदेश्यका साथ नेपाल मगर बौद्ध सेवा समाज जिल्ला समिति नुवाकोट गठन गरेकाे जानकारी मगर संघका अध्यक्ष बचुमाया सुनारि मगरले जानकारी दिईन् ।

नेपाल मगर बौद्ध सेवा समाज नुवाकोटको संयाेजकमा रामकुमार थापा मगर, उपाध्यक्षमा अनिल थापामगर, सचिवमा विकास पुलामि मगर रहेका छन् ।

यस्तै, सदस्यहरुमा विश्वराज जर्गा मगर, नारायणबहादुर थापा मगर, भरत पुलामि मगर, पार्वती थापा मगर, शुभाकर थापा मगर र हरिशंकर थापा मगर चयन भएका छन् ।

orchid academy nuwakot admission open 11 grade
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top