sujim bazar advert

सहकारी अध्यक्षको क्षमता अभिवृद्धि तालिम

डबली खबर     फाल्गुन १४, २०८०

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

विदुर – राष्ट्रिय सहकारी बैंक लिमिटेड नुवाकोट शाखा कार्यालयद्वारा आयोजित दुई दिवसीय सहकारी संस्थाका अध्यक्षहरूको क्षमता विकास तालिम सोमबार सम्पन्न भएको छ ।

तालिममा नुवाकोट, रसुवा र धादिङका ४३ सहकारी संस्थाहरूका अध्यक्षहरूको सहभागिता रहेको बैंकका शाखा प्रबन्धक प्रदिप अर्यालले जानकारी दिए ।

तालिममा सहकारी क्षेत्रको आन्तरिक नियन्त्रण प्रणाली तथा जोखिम व्यवस्थापनमा सञ्चालक तथा अध्यक्षहरूको भूमिका, सहकारी ऐन, नियमावली, आन्तरिक कार्यविधि तथा सहकारीमा सुशासन, विकास व्यवस्थापन प्रतिवेदन, विश्लेषण, बैठक सञ्चालन प्रक्रिया, नेतृत्वको भूमिका लगायतका विषयमा जानकारी दिएको छ ।

दुई दिनसम्म सञ्चालन भएको तालिमलाई तेजप्रसाद बजगाईँ विभिन्न विषयमा सहजिकरण गरेका थिए ।

bidur tax consultancy services in nuwakot

maan bina ko dhaan Nepali Movie

ताजा अपडेट

प्रतिक्रिया

Top