२०८१, २२ बैशाख शनिबार

दादुरा रूबेलाविरुद्धको खोप अभियान सुरु

डबली खबर     फाल्गुन १४ २०८० १२:०३

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – नुवाकोटमा दादुरा रूबेलाविरुद्धको खोप अभियान आजदेखि सुरु भएको छ ।

सोमबार विदुर नगरपालिकाकी उपप्रमुख प्रभा बोगटीले खोप तथा खोप सामाग्री स्वास्थ्यकर्मीलाई हस्तान्तरण गरी शुभारम्भ गरेकी हुन् ।

खोप कार्यक्रम फागुन १४ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख महेन्द्रध्वज अधिकारीले जानकारी दिए । नुवाकोटका १७ हजार ६३० जना ९ महिनादेखि ५ वर्ष उमेर समूहकाका बालबालिका खोप लगाइने स्वास्थ्य प्रमुख अधिकारीले बताए ।

खोप अभियानका लागि नुवाकोटमा २८१ खोप केन्द्र, ३४७ स्वास्थ्यकर्मी र ५६२ जना स्वास्थ्य स्वयंसेवकहरू परिचालन गरिनेछ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top