sujim bazar advert

विदुरमा विज्ञान प्रदर्शनी

सुनील श्रेष्ठ     फाल्गुन ४, २०८०

Sizen Education Consultancy Pvt. Ltd.

visitor science exhibition in nuwakot mahotsav
Big Education Consultancy Nuwakot
global ime bank flash loan

विदुर – नुवाकोटको सदरमुकाम विदुरमा विज्ञान प्रदर्शनी भइरहेको छ । नुवाकोट उद्योग वाणिज्य सङ्घको आयोजनामा भईरहेको महोत्सवमा विज्ञान प्रदर्शनी तथा प्रतियोगिता भएको हो ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरुद्वारा निर्मित विभिन्न स्मार्ट होम, स्वचालित पानी ट्यांकी, सार्वजनिक बत्ती, अम्लिय वर्षा, नदी सफाई, अपाङ्गमैत्री लट्ठी, सोलार संयन्त्र, हरितगृह, शहरी विकास, आधुनिक जीवनशैली, सुरक्षा संयन्त्रकासाथै कृषिसँग सम्बन्धित विभिन्न बहुउपयोगी उपकरणहरुको प्रदर्शनीमा छ ।

जिल्लाका सामुदायिक र निजी विद्यालयहरुको सहभागिता रहेको प्रदर्शनी तथा प्रतियोगितामा विद्यार्थीहरुले आफ्नो पाठ्यपुस्तकबाटै सिकेका ज्ञानको प्रयोग गरी विविध विज्ञान प्रविधिमैत्री उपकरणहरु बनाएका हुन् । कक्षा ४ देखि कक्षा १० सम्मका विद्यार्थीहरुले बनाएका उपकरणहरुको अवलोकन फागुन ३, ४ र ५ गतेसम्म गर्न सकिने छ ।

महोत्सवमा विभिन्न विद्यालयका विद्यार्थीले बनाएका परियोजनाको आठ प्रदर्शनीमा छ । प्रदर्शनीमा पृथ्वी माध्यमिक विद्यालय, सुभेनियर बोर्डिंङ स्कूल, नुवाकोट ग्लोरी सेकेण्डरी स्कूल, स्पार्कल इन्टरनेशनल एकेडेमी, नेशनल बेथल एकेडमीलगायतका विद्यालयको सहभागिता रहेको छ ।

प्रदर्शनीमा विज्ञान तथा प्रविधिसँग अभिरुची राख्ने विद्यार्थीहरु, अभिभावक, सङ्घका पदाधिकारी, कलाकार, कर्मचारीहरुले अवलोकन गरेका थिए । 

प्रदर्शनी अवलोकनमा आएका विदुर नगरपालिका-५ देवीघाटका ७४ वर्षीय तोपबहादुर पुडासैनीले विद्यालयका विद्यार्थीको लगनशिलता देखेर मख्खै भए ।

विज्ञान प्रदर्शनी तथा प्रतियोगिताले शैक्षिक गुणस्तरीयतामा प्रभावकारी कदम चाल्ने नुवाकोट साइन्स क्लबका अध्यक्ष नरेश्वर पाण्डेले बताए । आयोजकले विद्यार्थीलाई निश्चित परियोजना दिएर विज्ञान प्रतियोगता गर्न सकेको भए मुल्यांकनमा सहजता हुने बताए ।

विद्यालयस्तरदेखि नै विद्यार्थीलाई खोज तथा अनुसन्धानमा अभिप्रेरित गर्ने उद्देश्यले आयोजना गरिएको प्रदर्शनी तथा प्रतियोगिता संयोजक पुरुषोत्तम अधिकारीले जानकारी दिए । जिल्लाका विभिन्न विद्यालयबाट आएका विद्यार्थीले मानव जीवनका विभिन्न समस्यालाई कसरी वैज्ञानिक प्रविधिद्वारा समाधान गर्न सकिन्छ भन्ने समाधानका साथ महोत्सवमा प्रस्तुत गरिएको उनले बताए ।

विज्ञान विषयलाई पढाउने तौरतरिकामा फेरबदल गर्नुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् । अवलोकनकर्ताको उत्साहजनक सहभागिता भएकाले आगामी वर्षहरुमा अझ नयाँ उपकरणहरुको थप प्रदर्शनी र विद्यार्थीको सृजनशिलतालाई अझै प्रोत्साहन गर्ने उनले बताए ।

bidur tax consultancy services in nuwakot

maan bina ko dhaan Nepali Movie

ताजा अपडेट

प्रतिक्रिया

Top