sujim bazar advert

नुवाकोट महोत्सव: दुई स्रस्टा सम्मानित

डबली खबर     फाल्गुन २, २०८०

Sizen Education Consultancy Pvt. Ltd.

rm dangol and teknath dahala rewared in nuwakot mahotsav
Big Education Consultancy Nuwakot
global ime bank flash loan

विदुर – आठौँ नुवाकोट महोत्सवको अवसरमा दुई स्रस्टा सम्मानित भएका छन् । नेपाली भाषा र साहित्यक योगदानको कदर गर्दै साहित्यकार द्वय राजुमान (आरएम) डङ्गोल र टेकनाथ दाहाललाई सम्मान गरिएको साहित्य सम्मान छनौट उपसमितिका संयोजक श्रीराम श्रेष्ठले जानकारी दिए ।

साहित्यकार डङ्गोल विदुर नगरपालिका-२ शेरा र साहित्यकार दाहाल बेलकोटगढी नगरपालिका-८ जिलीङ निवासी हुन् ।

नुवाकोट उद्योग वाणिज्य संघको आयोजनामा भइरहेको महोत्सवको अवसरमा जिल्लाका दुई स्रस्टालाई सम्मान गरिएको संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

डङ्गोल वर्तमान पुस्ताका प्रखर कवि तथा समालोचक समेत हुन् । राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत भइसकेका कवि डंगोल युवामोती पुरस्कारबाट समेत पुरस्कृत भइसकेका छन् । दुई दशकभन्दा लामो समयदेखि कविता साधानमा गर्दै आएका डंगोलका ‘राशीफल हेरिरहेको मान्छे’ र ‘दशगजावारी’ कविता संग्रह प्रकाशित भइसकेको छ ।

यस्तै, पछिल्लो समय दाहालका उपन्यास ‘विवर्तन’ चर्चित छन् । महाभारतको पात्र पृथा (कुन्ती) लाई मुख्य पात्र बनाएर लेखिएको हो । विवर्तन उपन्यासमा महाभारतमा नभनिएका सूक्ष्म घटनासमेत रोचक शैलीमा भनिएको छ ।

द्वय स्रस्टा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक पनि हुन् ।


Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top