विदुर – आठौं नुवाकोट महोत्सवमा चर्चित कलाकार जोडी धुर्मुस सुन्तलीलाई कोट उपहार दिएको छ ।
सुट दरबारका सञ्चालक पूर्णमान श्रेष्ठका अनुसार अतिथि सत्कारको लागि धुर्मुस सुन्तलीलाई कोट प्रदान गरिएको हो ।
महोत्सवमा दर्शकलाई हसाउन आएका दाम्पत्य जोडि कोट देखेरै मज्जैले हाँसेका थिए ।
कोट देखेपछि धुर्मुसले भने “ठुलो कोट होइन, बढेमानको कोट रहेछ ।”
महोत्सवमा माघ २९ गते आउन आफ्नो सामाजिक सञ्जालमार्फत् नुवाकोटमा नयाँ कोट किन्ने बताएका थिए । उक्त भनाईलाई यथार्थमा ल्याउन करिब ५ जनालाई ठिक हुने कोट उनीहरुलाई उपहार दिएको श्रेष्ठले बताए । व्यापारिकभन्दा पनि मनोरञ्जनका लागि उक्त कोट तयार गरिएको उनले बताए ।
नुवाकोट उद्योग वाणिज्य संघको आयोजनामा माघ २६ देखि फागुन ७ गतेसम्म महोत्सव सञ्चालन हुनेछ ।
प्रतिक्रिया