सामाजिक सुरक्षा र आमसञ्चारमा अन्तरक्रिया

डबली खबर     माघ १२, २०८०

sizen education study in Japan
ananda Jewellery shop

रसुवा – प्रतिबद्ध संस्थाको आयोजनामा विपद् उत्तरदायी सामाजिक सुरक्षा र आमसञ्चार माध्यमको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम भएको छ । कालिकास्थानमा भएको कार्यक्रममा नुवाकोट र रसुवाका पत्रकारहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा मौसमको पूर्वानुमान, प्रभाव, जोखिमस्तर, पूर्वकार्य, प्रतिकार्यलगायतका विषयमा रविन दाहाल र चेतना खड्काले प्रस्तुति दिएका थिए । यस्तै, विपद उत्तरदायी सामाजिक सुरक्षा, वितरण, समस्या, तथ्यांक, सूचना, उद्धार, स्थानीय तहको विपद बजेट विनियोजनलगायतका विषयमा अन्तरक्रिया भएको थियो ।

सञ्चारमाध्यमले सही समयमा सही सूचना र सही सन्देश मात्र नभई एकता र विश्वासको वातावरण पनि सृजना गर्नुपर्ने सहभागी पत्रकारहरुले एक्यबद्धता जनाएका छन् । विपद्बाट उत्पन्न चुनौतीहरूको सामना गर्न समाजका सबै वर्गको सामूहिक दायित्वलाई अभिवृद्धि गर्न सञ्चारमाध्यमले अहम् भूमिका खेल्ने बताएका छन् ।

प्रतिबद्ध परियोजना युरोपियन युनियनको आर्थिक सहयोगमा प्रतिबद्ध परियोजना नेपाल सरकारको विद्यमान संयन्त्रमार्फत मौसम पूर्वानुमानलाई स्थानीयकरण गर्नुका साथ पूर्वतयारी योजना र पुर्वकार्यको कार्यन्वयनमार्फत विपद व्यवस्थापन गर्न रसुवा, नुवाकोट र सिन्धुपाल्चोकमा कार्य गर्दै आईरहेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top