sujim advert

सूर्यमती माविले मनायो वार्षिकोत्सव

डबली खबर     माघ ७, २०८०

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

suryamati secondary school anniversary
bidur tax consultancy services in nuwakot

नुवाकोट – सूर्यमती माध्यमिक विद्यालयले आईतबार आफ्नो ६७औं वार्षिकाेत्सव मनाएको छ ।

बेलकोटगढी नगरपालिका वडा नम्बर १३ ढाँडेफेदीमा रहेको विद्यालयको वार्षिकोत्सव समारोहमा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाको प्रमुख आतिथ्यता रहेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद सेंढाईको सभापत्विमा भएको कार्यक्रममा मन्त्री लामा, बेलकोटगढी नगरपालिकाका उपप्रमुख शिवप्रसाद दाहाललगायतले विद्यालयको पूर्वाधार, विद्यालयले प्रदान गरेको शिक्षा र चुनौतीबारे चर्चा गरेका थिए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजाराम पाण्डेले विद्यालयको आर्थिक तथा वार्षिक गतिविधि प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विद्यालयलाई सहयोग गर्ने चन्दादाता, जग्गादातालाई सम्मान गरेको थियो । यसैगरी वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न खेलकुद प्रतियोगिताका विजयी विद्यार्थी खेलाडीहरुलाई पुरस्कृत गरिएको थियो ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top