पर्यटन पत्रकारिता प्रशिक्षण

डबली खबर     माघ ५ २०८० १५:५५

social securities awareness bidur municipality
bagamati province sanchar registrar office

हेटौंडा – नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको आयोजनामा हेटौंडाको सिमा चोकमा तीन दिने पत्रकारिता प्रशिक्षण सम्पन्न भएको छ ।

पर्यटन, संस्कृति र सहकारी मन्त्रालयको आर्थिक सहयोगमा भएको प्रशिक्षणको उद्घाटन पर्यटन, संस्कृति र सहकारी मन्त्रालय बागमती प्रदेशका मन्त्री पुकार महर्जनले गरेका थिए भने समापन नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले गरेका थिए ।

पत्रकारिताका माध्ययमबाट प्रदेशको पर्यटन प्रबर्द्धनको निमित्त क्षमता विकासको लागि प्रदेशका काठमाडौं उपत्यकाबाहेक १० जिल्लाका २५ जना पत्रकारहरुको सहभागिता रहेको महासंघका अध्यक्ष शिवप्रसाद देवकोटाले जानकारी दिए ।

प्रशिक्षणमा कुवेर चालिसे, टिपि भूषाल, र अशोक सिलवालले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top