२०८१, १९ बैशाख बुधबार

भट्टराई वंशावलीमा विश्वराज

डबली खबर     पुष २८ २०८० १५:२०

bhattarai caste in nuwakot committee
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – भट्टराई कुलवंश प्रतिष्ठान जिल्ला शाखा नुवाकोटको अध्यक्षमा विश्वराज भट्टराई निर्विरोध निर्वाचित भएका छन् ।

शनिबार विदुरमा भएको प्रथम अधिवेशनबाट भट्टराईको अध्यक्षमा सर्वसम्मत चयन भएका हुन्। विश्वराजको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ । भट्टराई विदुरमा रहेको पृथ्वी माध्यमिक विद्यालयका सहप्रध्यानाध्यापक हुन् ।

संस्थाको उपाध्यक्षमा दिलीप भट्टराई, विन्दादेवी भट्टराई, सचिवमा माधवप्रसाद भट्टराई र कोषाध्यक्षमा लोकनाथ भट्टराई चयन भएका छन् ।

सदस्यहरुमा बुद्धिकान्त भट्टराई, डिल्लीप्रसाद भट्टराई, रामप्रसाद भट्टराई, सुमन भट्टराई र बद्री भट्टराई चयन भएका छन् ।

भट्टराई कुल वंश प्रतिष्ठान नेपालका केन्द्रीय सदस्य राजेशकुमार भट्टराईले डिजिटल प्रविधिको मध्याम प्रयोग गरी वंशजको जानकारी तथा अभिलेखको एकीकृत दस्तावेज केन्द्रले तयार गर्ने प्रक्रिया अघि बढाएको जानकारी दिए । प्रेमपूर्णको नाता आफ्ना पुर्खालाई बाँड्नु पाउनु वंशको नियम रहेको बताए ।

कार्यक्रममा गत स्थानीय तह सदस्य निर्वाचनमा किस्पाङ र तारकेश्वर गाउँपालिकाबाट भट्टराई वंशका निर्वाचित दुई जना जनप्रतिनिधिहरु ढाकाटोपी र खादा लगाएर सम्मान गरिएको छ ।

नवनिर्वाचित अध्यक्ष विश्वराज भट्टराईले जिल्लाका १२ वटै स्थानीय तहमा रहेका भट्टराई वंशको खोज तथा अनुसन्धान गर्ने र संगठनात्मक विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top