२०८१, १७ बैशाख सोमबार

पृथ्वीको ४९औं वार्षिकोत्सव

डबली खबर     पुष २७ २०८० २३:२१

Prithvi secondary school nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – विदुर नगरपालिका-४ विदुरमा रहेको पृथ्वी माध्यमिक विद्यालयले आफ्नो ४९औं वार्षिकोत्सव मनाएको छ ।

शुक्रबार विद्यालय प्राङ्गणमा एक कार्यक्रमबीच वार्षिकोत्सव समारोहमा विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठको प्रमुख आतिथ्यमा रहेको थियो ।

नगरप्रमुख श्रेष्ठले नगरपालिकाको नीति तथा कार्यक्रमअनुसारनै नगरभित्रका शिक्षक दरबन्दी र मिलान गरेपछि केहि विद्यालयहरुले उत्कृष्ट नतिजा प्रस्तुत गरेको बताए । शिक्षक, अभिभावक र विद्यार्थीको सहकार्यले पृथ्वी मावि अब्बल स्थापित भएको खुशी व्यक्त गरे ।

विदुर नगरपालिकाका उपप्रमुख प्रभा बोगटीले स्थानीय तहको पहिचान र पालिकाभित्रका संस्कृति, सम्पदा, मानव सभ्यतालगायतका बारेमा विद्यार्थीलाई ज्ञान दिनु आजको शिक्षा रहेको विचार व्यक्त गरिन् ।

विद्यालयका प्रध्यानाधापक बाबुराम लामिछानेले विद्यालयको वार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विद्यालयका चालु शैक्षिकवर्षको उत्कृष्ट विद्यार्थी, शिक्षक र अभिभावकलाई सम्मान गरिएको छ ।

कार्यक्रममा विद्यार्थी तथा शिक्षकले विभिन्न सांस्कृतिक कला प्रस्तुत गरेका थिए । सांस्कृतिक कलाले विद्यार्थीको कला प्रस्फुटन हुनुको साथै प्रतिभा पहिचान भएको अभिभावकहरुले बताए ।

विक्रम सम्वत् २०३१ सालमा पृथ्वी आधारभूत विद्यालयबाट स्थापित विद्यालय शैक्षिकसत्र २०७९ को एसइइको नतिजाअनुसार बागमती प्रदेशकै दोस्रो सामुदायिक विद्यालय भएको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top