sujim bazar advert

“पृथ्वी जयन्ती मनाउँदा पिटिएँ”: रामकृष्ण भट्ट

डबली खबर     पुस २६, २०८०

Sizen Education Consultancy Pvt. Ltd.

ramchandra bhatta pipaltar nuwakot
Big Education Consultancy Nuwakot
global ime bank flash loan

कुनै समय पृथ्वी जयन्ती मनाउने क्रममा भेला भएका उनीसहितको समारोहमा एक समूहले आक्रमण गर्दछ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन भेला भएको समूहबीच भागदौड हुन्छ, कार्यक्रम नै बिथोलिन्छ । त्यतिबेला पृथ्वी जयन्ती मनाएको आरोपमा पिटाइ खाएका पिपलटारका रामकृष्ण भट्ट अहिले निकै खुशी छन् । ‘कुनै बेला सिमित मान्छेहरु मात्रैले मनाउने पृथ्वी जयन्ती अहिले सबैले अपनत्व लिएका छन्, म यसमै खुशी छु ।’– भट्ट भन्छन् ।

२०६३ साल पुस २७ गते उनी देवीघाटमा पृथ्वीनारायण शाहको समाधिस्थलमा एक्लै फुल चढाउँदै गर्दा उनलाई पार्टी कार्यालयबाट नुवाकोट दरबारमा नागरिक समाजको अगुवाईमा पृथ्वी जयन्ती मनाउन निम्ता आएका खबर आयो । पार्टीको तर्फबाट अतिथि भएर नुवाकोट दरबार गएका उनी त्यहाँ आक्रमणमा परेँ । त्यहाँ काँग्रेस, कम्युनिष्ट सबै दलका व्यक्ति थिए । केही अराजक व्यक्तिहरुले मञ्च तोडफोड गरे । शितलपाटी नजिकै लिङ्गो राख्ने ठाउँमा बसिरहेका ठाउँमा उनको कठालो समाते, उनीमाथि हातपात भयो ।

२०३८ सालमा देवीघाटमा पृथ्वीनारायण शाहको शालिक स्थापना भएपछि पञ्चायतकालदेखि पृथ्वी जयन्ती मनाउन थालिएको हो । यस वर्षदेखि पुस २७ मा राष्ट्रिय एकता दिवस तथा माघ १ गते श्रद्धाञ्जली सभाको आयोजना गर्नको लागि जिल्लाको सरोकारवालाहरुको बैठकको निर्णय भएको उनी सम्झन्छन् ।

सशस्त्र द्वन्द्वको बेला देवीघाटमा रहेको शालिक माओवादीले ढालेपछि बीचमा केही समय मनाउन पाइएन । पुरातत्व विभागले शालिक मर्मत गर्न काठमाडौं लगेपछि केही समय मनाउन नपाएको उनी बताउँछन् । त्यो बेला स्व. मदनमानसिंह खड्काको पहलमा साततले दरवार क्षेत्रमा मनाइएको उनी बताउँछन् । पुरातत्व विभागले मर्मतको लागि काठमाडौं लगेको शालिक लिनको लागि हरेक वर्ष काठमाडौं धाउने गरेपनि ८० हजार रुपैयाँको अभावमा शालिक ल्याउन नसकिएको उनी बताउँछन् ।

मूर्तिकारलाई ८० हजार रुपैयाँ शालिक मर्मतको रकम बुझाउन नसक्दा शालिक लामो समयसम्म देवीघाटमा पुर्नस्थापना हुन सकेन । मिनेन्द्र रिजाल संस्कृति तथा पर्यटन मन्त्री भएपछि अर्जुननरसिंह केसीको सहयोगमा सो शालिक ल्याएर स्थापना गरिएको थियो । पुरातत्व विभागले शालिक संरक्षण गर्ने जिम्मेवारी पृथ्वी स्मारक संरक्षण समितिलाई दिएको छ । त्यो समितिमा उनी उपाध्यक्ष छन् भने गोविन्दलाल चित्रकार अध्यक्ष छन् ।

हाम्रा नेताहरु कतिसम्म नालायक रहेछन् भन्ने प्रमाण मैले राम्रोसँग बुझैँ ।

– रामकृष्ण भट्ट

वि.सं. २०१८ सालदेखि राजनीतिमा प्रवेश गरेका भट्टबा अचेल राजनीतिबाट टन्न अघाएर बसेका छन् । गत २०७७ माघ २१ गतेदेखि उनलाई राजनीति फोहोरी लाग्न थालेको हो । त्यसैले उनले आफैंले मतदान गरेका दलका नेताहरुले पनि गलत व्यवहार, गलत काम र राष्ट्रियताको सवालमा राष्ट्रघातीको खुलेरै विरोध गर्दछन् । ‘काँग्रेस र कम्युनिष्टले मिलेर महाकाली सन्धी गरेर महाकाली नदी बेचे भनेर हामीले विरोध ग¥यौँ’ भट्टबा भन्छन्– ‘तर, हस्ताक्षर गर्नेमा त हामीले मानेका नेता डा. प्रकाशचन्द लोहनी र पशुपति शमशेर पनि रहेछन् ।’ राष्ट्रवादी पार्टीमा लाग्यौँ भनेर गर्व गरेका हामीले त्यतिबेला हामीलाई कालो झण्डा र विरोध गर्न लगाए, तर, आफैंले हस्ताक्षर गरेका छन् । ‘हाम्रा नेताहरु कतिसम्म नालायक रहेछन् भन्ने प्रमाण मैले राम्रोसँग बुझैँ ।’– भट्टवाले भने ।

एमसिसिको बारेमा पनि पार्टीको स्पष्ट धारणा आउन नसकेको उनी बताउँछन् । डा. प्रकाशचन्द्र लोहनी ५ दिने भ्रमणमा आएका बेला डा. लोहनीले हामी केही नबोल्ने, हुन्छ पनि नभन्ने, हुन्न पनि नभन्ने, विचको बाटो जाने भनेर घुलमुले जवाफ दिएको उनी सम्झिन्छन् । ‘पार्टीले आफ्नो धारणा राख्दा स्पष्ट रुपमा सबै नागरिक र कार्यकर्ताले बुझिने गरी राख्नुपर्ने थियो, तर, डा. लोहनीले घुलमुले कुरा गरेँ ।’– उनले भने । त्यसपछि उनी आफू लागेको राप्रपाको राजनीतिबाट पनि टाढा भएका छन् । उनी राप्रपामा लाग्नुको कारण राष्ट्रियता, स्वाभिमान, अनि हिन्दु धर्मको जर्गेना राप्रपा र यस पार्टीका नेताहरुबाट हुन्छ भन्ने थियो । ‘तर, यर्थाथ त यो होइन रहेछ,’– उनी सम्झिन्छन् ।

उनले आफ्नो पार्टीको सत्ता आउनेछ, अनि सपना पूरा हुनेछ भन्ने अभिप्रायले २०५२ साल अघि पाँच वर्षसम्म दारी र कपाल नकाटी संकल्प गरेर बसेका थिए । आफूले चाहेको राष्ट्रियता, स्वाभिमान र हिन्दु धर्मका साथै राजसंस्थाको जर्गेना गर्ने कुरामा आफू लागेको पार्टीले सही मुद्दा उठाउन नसकेको उनको बुझाई छ । भन्छन्– यिनीहरु पनि ‘उही ड्याङको मूला’ रहेछन् । राष्ट्रियता, हिन्दु राज्य र राजसंस्थाको बारेमा खरो रुपमा प्रस्तुत हुने भट्टवा पृथ्वीनारायण शाह र राजा महेन्द्रको उच्च सम्मान गर्दछन् । अहिले देशका भइरहेको भाँडभैलोको अन्त्य गर्नको लागि राजसंस्था आवश्यक रहेको उनको बुझाई छ ।

विश्वको एक मात्र हिन्दु राष्ट्र नेपाल कायम हुनुपर्छ भन्ने सन्देश दिने उनी विभिन्न देशमा धर्म अनुसारको देशको नाम भएको स्मरण गर्दै नेपाल पनि हिन्दु राज्य नै कायम हुनुपर्छ भन्ने मान्यता बोक्ने गरेका छन् । हिन्दु राज्य, पृथ्वी नारायण र राजा महेन्द्र नेपालको इतिहास भएकाले यो इतिहास मर्न दिनुहुन्न भन्ने उनको विश्वास छ ।

२००८ साल साउन २२ पिपलटारमा जन्मिएका रामकृष्ण भट्ट नुवाकोटबासीको लागि नौलो नाम होइन । बुढेसकालमा पनि सुकिलो कमिज सुरुवात, दौरा सुरुवाल र स्टकोट लगाएर सदरमुकामका कार्यक्रमहरुमा देखिने रामकृष्णको उपनाम नै हो– ‘भट्टबा’ प्रष्ट वक्ता, सबैसँग मिलनसार स्वभाव, गाली गर्दा पनि मिलाएर हाँसिहाँसि गर्न सक्ने भएकाले नै उनी सबैका सामु आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन् ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top