sujim advert

विद्यार्थीलाई जुत्ता

डबली खबर     पुस २४, २०८०

sizen education new intake 2025
ananda Jewellery shop
advertisement placement

school shoes distribution to Saatkanya School in Lalitpur
bidur tax consultancy services in nuwakot

काठमाडौं – लायन्स क्लब अफ ललितपुर युनिफाइड नेसनले ललितपुरको बागमती गाउँपालिका वडा नं ३ भट्टेडाँडास्थित सातकन्या आधारभूत विद्यालयका १०४ जना विद्यार्थीलाई स्कुल जुत्ता प्रदान गरेको छ ।

लायन्स क्लब इन्टरनेसनल ३२५ जे अन्तर्गत रहेको उक्त क्लबले जुत्ता र मोजा गरी करिब ५५ हजार रुपैयाँ बराबरको जुत्ता प्रदान गरेका हुन् । विद्यालयका १ देखि ८ कक्षासम्म अध्ययनरत १०४ जना विद्यार्थीलाई आवश्यक पर्ने जुत्ता विद्यालयमा नै पुगेर प्रदान गरिएको हो ।

लायन्स क्लबले आफ्नो नियमित समाजसेवाका कार्यक्रमहरु सबै सातकन्या आधारभूत विद्यालयमा गर्दै आएको छ । यसअघि पनि क्लबले सबै विद्यार्थीलाई शैक्षिक सामाग्री तथा स्कुल पोशाक प्रदान गरिसकेको छ । छात्रावृत्ति स्वरुप १३ जना विद्यार्थीको भने सम्पूर्ण खर्च क्लबले व्यहोर्दै आएको छ ।

कार्यक्रममा बोल्दै लायन पुरुषोत्तम बस्नेतले यस अघिका कार्यक्रममा आउँदा विद्यार्थीहरुको खाली गोडा देखेर नै जुत्ता प्रदान गर्ने सोच आएको बताए । उनले जहाँ आवश्यकता त्यहाँ लायन्स हुने भएकाले विद्यार्थीहरुलाई आवश्यक पर्ने अन्य कुराहरुमा पनि सहयोग गर्ने बताए ।

त्यस्तै विद्यालयका प्रधानाध्यापक रामप्रसाद घिमिरेले विद्यार्थीहरुको हौसला बढाएर शैक्षिकस्तर सुधार गर्न सहयोग गरेकोमा लायन्स क्लबलाई धन्यवाद दिए ।

HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top