sujim advert

पोशाक वितरण

डबली खबर     पुस १६, २०८०

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

school tracksuit distribution in indrayani basic school nuwakot
bidur tax consultancy services in nuwakot

नुवाकोट – विदुर नगरपालिका वडा नम्बर १ मा रहेको इन्द्रायणी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक वितरण गरिएको छ ।

सोमबार एक कार्यक्रमकाबीच विदुर नगरपालिका-१ का वडा सदस्य भगवती राजभण्डारीले विद्यालयका प्रधानाध्यापक रिताकुमारी बर्तौलालाई उक्त सामाग्री हस्तान्तरण गरेकी हुन् । 

उक्त पोशाक काठमाडौं तारकेश्वर नगरपालिका-२ निवासी दम्पत्ति सुजनकुमार डोटेल र आशिष्मा थपलिया डोटेल र विदुर नगरपालिका वडा नं १ निवासी हाल अष्ट्रेलिया आकृति थपलियाले विद्यालयमा अध्ययनरत ४५ जना विद्यार्थीलाई ट्रयाकसुट उपलब्ध गराएको विद्यालयका प्रधानाध्यापक बर्तौलाले जानकारी दिईन् । 

विद्यार्थीहरूलाई जाडोयाममा न्यानो बनाउन र अध्ययनप्रति जागरुक बनाउनका लागि विद्यार्थीहरूलाई पोशाक वितरण गरिएको समाजसेवी डोटेलले बताए।

कार्यक्रममा १ नम्बर वडाका वडा सचिव विष्णु गजुरेल, विद्यालय व्यवस्थापन समिति सदस्य रामप्रसाद पाठक, बैकुण्ठ पाण्डे, कल्पना मिजार स्थानीय बुद्धिजिवि समाजसेवी शंकर पाण्डेलगायत उपस्थिति रहेको थियो ।

विद्यालयको लोगो अङ्कित विद्यालय पोशाक पाएपछि विद्यार्थीहरू खुशी भएका छन्।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top