sujim bazar advert

विद्यार्थीलाई जुत्तामोजा वितरण

डबली खबर     पुस १५, २०८०

Sizen Education Consultancy Pvt. Ltd.

sangam saccos provided to shoes and shocks to united basic school
Big Education Consultancy Nuwakot

नुवाकोट – संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २७औं वार्षिकोत्सवको अवसरमा युनाइटेड आधारभूत विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई जुत्ता र मोजा वितरण गरेको छ ।

आईतबार एक कार्यक्रमकाबीच सहकारीका अध्यक्ष केशव मिश्रले विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष देवनारायण चित्रकार र प्रधानाध्यापक नवराज पाण्डेलाई हस्तान्तरण गरेका छन् ।

विदुर नगरपालिका-४ बट्टार संगमचोकमा रहेको उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीलाई जुत्ता र मोजा वितरण गरिएको उनले जानकारी दिए । जाडो मौसममा जुत्ता नहुदाँ विद्यालय छोड्ने गरेकाले बालबालिकाको नियमित विद्यालयमा सहज पहुँच पुर्‍याउन उनीहरूको पठनपाठनमा सुधार ल्याउन सहकारीको वार्षिकोत्सवको अवसरमा उक्त सामग्री वितरण गरिएको उनले बताए । सहकारीको कार्यस्थल र विद्यालय एकैस्थानमा र विद्यालयको माग अनुसारनै उक्त सामग्री उपलब्ध गराईएको उनले बताए ।

कार्यक्रममा सहकारीका निवर्तमान अध्यक्ष नारायण श्रेष्ठ, पूर्व अध्यक्ष रमेशकुमार श्रेष्ठ, सहकारीका पदाधिकारीलगायत कर्मचारीहरुको उपस्थितिमा सामग्री वितरण गरिएको छ ।

सहकारीका अवधारणा, सिद्धान्त, सहकारीका मूल्य मान्यता र सहकारी ऐन नियमावलीलाई आत्मसात गर्दै शिक्षा, स्वास्थ्य, खेलकुद, सांस्कृतिक, सामाजिक तथा विभिन्न क्षेत्रहरुमा सामाजिक कार्य गर्दै आईरहेको छ ।

निम्न वर्गीय परिवारका बालबालिका अध्ययन गर्ने विद्यालयमा एक सय पचास विद्यार्थी अध्ययनरत छन् ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top