२०८१, १५ बैशाख शनिबार

विद्यार्थीलाई जुत्तामोजा वितरण

डबली खबर     पुष १५ २०८० १२:२३

sangam saccos provided to shoes and shocks to united basic school
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २७औं वार्षिकोत्सवको अवसरमा युनाइटेड आधारभूत विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई जुत्ता र मोजा वितरण गरेको छ ।

आईतबार एक कार्यक्रमकाबीच सहकारीका अध्यक्ष केशव मिश्रले विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष देवनारायण चित्रकार र प्रधानाध्यापक नवराज पाण्डेलाई हस्तान्तरण गरेका छन् ।

विदुर नगरपालिका-४ बट्टार संगमचोकमा रहेको उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीलाई जुत्ता र मोजा वितरण गरिएको उनले जानकारी दिए । जाडो मौसममा जुत्ता नहुदाँ विद्यालय छोड्ने गरेकाले बालबालिकाको नियमित विद्यालयमा सहज पहुँच पुर्‍याउन उनीहरूको पठनपाठनमा सुधार ल्याउन सहकारीको वार्षिकोत्सवको अवसरमा उक्त सामग्री वितरण गरिएको उनले बताए । सहकारीको कार्यस्थल र विद्यालय एकैस्थानमा र विद्यालयको माग अनुसारनै उक्त सामग्री उपलब्ध गराईएको उनले बताए ।

कार्यक्रममा सहकारीका निवर्तमान अध्यक्ष नारायण श्रेष्ठ, पूर्व अध्यक्ष रमेशकुमार श्रेष्ठ, सहकारीका पदाधिकारीलगायत कर्मचारीहरुको उपस्थितिमा सामग्री वितरण गरिएको छ ।

सहकारीका अवधारणा, सिद्धान्त, सहकारीका मूल्य मान्यता र सहकारी ऐन नियमावलीलाई आत्मसात गर्दै शिक्षा, स्वास्थ्य, खेलकुद, सांस्कृतिक, सामाजिक तथा विभिन्न क्षेत्रहरुमा सामाजिक कार्य गर्दै आईरहेको छ ।

निम्न वर्गीय परिवारका बालबालिका अध्ययन गर्ने विद्यालयमा एक सय पचास विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top