२०८१, १६ बैशाख आईतवार

शुभप्रभात सहकारीको नाफा करिब २६ लाख

डबली खबर     पुष १५ २०८० ०९:५२

subha prabhat saving and credit cooperative nuwakot indrachwok
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

इन्द्रचोक – शुभप्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नाफा करिब २६ लाख पुगेको छ ।

सहकारीको वार्षिक प्रगति प्रतिवेदनअनुसार गतआर्थिक वर्ष २०८९/८० मा नाफा २५ लाख ७१ हजार ७४४ रुपैँया छ ।

साधारणसभामा सहकारीका अध्यक्ष महेन्द्रलाल श्रेष्ठले प्रगति प्रतिवेदन तथा भावी योजना र कोषाध्यक्ष रामराजा श्रेष्ठले आय व्यय विवरण प्रस्तुत गरेका थिए ।

साधारणसभामा नुवाकोट जिल्ला बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष नारायण श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।

यसैगरी, पुस १४ गतेनै भएको अधिवेशनबाट सहकारीको अध्यक्षमा पुन: अध्यक्षमा महेन्द्रलाल श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् । श्रेष्ठको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति गठन गरेको छ । 

उपाध्यक्षमा धुव्रबहादुर थापामगर, सचिवमा श्यामनारायण डंगोल र सहसचिवमा रमेश विश्वकर्मा र कोषाध्यक्षमा रामराजा श्रेष्ठ चयन भएका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top