sujim advert

दुईपिपल महिला सहकारीको अध्यक्षमा पवित्रा घिमिरे

डबली खबर     पुस १४, २०८०

sizen education new intake 2025
ananda Jewellery shop

pabitra ghimire elected to duipipal women cooperative nuwakot chairman
bidur tax consultancy services in nuwakot

नुवाकोट – दुईपिपल महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडको अध्यक्षमा पवित्रा घिमिरे चयन भएकी छिन् ।

बेलकोटगढी नगरपालिका-६ देउरालीमा रहेको सहकारीको १०औं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट घिमिरे सर्वसम्मत अध्यक्षमा निर्वाचित भएकी हुन् । घिमिरेको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति गठन भएको छ ।

सहकारीको उपाध्यक्षमा पार्वती घिमिरे चयन भएकी छिन् । यस्तै, सहकारीको सदस्यहरुमा सान्नानी अधिकारी नेपाल, सीता गजुरेल, पार्वती सुवेदी, दिलमाया श्रेष्ठ, पार्वती तामाङ, गोमा नेपाल र सीता भुजेल रहेका छन् ।

लेखा सुपरिवेक्षण समितिको संयोजकमा अनिशा तामाङ चयन भएकी छिन् । सदस्यहरुमा शान्ता नेपाल र मालति पौडेल रहेका छन् ।

कार्यक्रममा नेपाल कृषि केन्द्रीय सहकारी संघ लि.का अध्यक्ष खेमबहादुर पाठकको प्रमुख आतिथ्यमा रहेको थियो ।

जिल्ला सहकारी संघ नुवाकोटका अध्यक्ष गोकर्णनाथ न्यौपानेले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

orchid academy nuwakot admission open 11 grade
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top