+
Search

ताजा अपडेट +

पपुलर +

दुईपिपल महिला सहकारीको अध्यक्षमा पवित्रा घिमिरे

pabitra ghimire elected to duipipal women cooperative nuwakot chairman
डबली खबर
२ साल अगाडी

नुवाकोट – दुईपिपल महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडको अध्यक्षमा पवित्रा घिमिरे चयन भएकी छिन् ।

बेलकोटगढी नगरपालिका-६ देउरालीमा रहेको सहकारीको १०औं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट घिमिरे सर्वसम्मत अध्यक्षमा निर्वाचित भएकी हुन् । घिमिरेको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति गठन भएको छ ।

सहकारीको उपाध्यक्षमा पार्वती घिमिरे चयन भएकी छिन् । यस्तै, सहकारीको सदस्यहरुमा सान्नानी अधिकारी नेपाल, सीता गजुरेल, पार्वती सुवेदी, दिलमाया श्रेष्ठ, पार्वती तामाङ, गोमा नेपाल र सीता भुजेल रहेका छन् ।

लेखा सुपरिवेक्षण समितिको संयोजकमा अनिशा तामाङ चयन भएकी छिन् । सदस्यहरुमा शान्ता नेपाल र मालति पौडेल रहेका छन् ।

कार्यक्रममा नेपाल कृषि केन्द्रीय सहकारी संघ लि.का अध्यक्ष खेमबहादुर पाठकको प्रमुख आतिथ्यमा रहेको थियो ।

जिल्ला सहकारी संघ नुवाकोटका अध्यक्ष गोकर्णनाथ न्यौपानेले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ