+
Search

ताजा अपडेट +

पपुलर +

किवी खेतीबाट वार्षिक दुई लाख बढी आम्दानी

डबली खबर
२ साल अगाडी

नुवाकोट – तारकेश्वर गाउँपालिका–१ लर्केपका सुब्बा वाईबा तामाङले व्यावसायिक रूपमा किवी खेती गर्दै आएका छन् । विगत तीन वर्षदेखि उनले बर्सेनि किवी उत्पादन गरी विक्री गरेर वार्षिक दुई लाखभन्दा बढी आम्दानी गर्दै आएको छ ।

वैदेशिक रोजगारबाट घक फर्केका उनले गाउँमै केहि गरौं भन्ने भावना लिएको किवि खेती अहिले किवीको बोटमा लटरम्म फल लागेका छन् ।

“वर्षको दश हजार आम्दानी नहुने खेतमा अहिले दुई लाख पचास हजार आम्दानी हुन्छ” उनले भने, “साँढे दुई रोपनीमा ५० ओटा बिरुवा लगाउँदा करिब एक लाख लगानी भयो ।”

समुद्री सतहदेखि १६ सय मिटरमाथिको उचाइमा किवी खेती हुने गर्दछ । ६/६ मिटरको फरकमा खेती गर्दा उपयुक्त हुने उनको अनुभव छ ।

“खेती गरेको पाँच वर्षपछि व्यवसायिक रुपमा उत्पादन हुने गर्दछ ।”

गत वर्ष एक हजार केजी किवी उत्पादन भएको उनले बताए ।

“किवीको आकार हेरेर ए, बि र सि ग्रेड अनुसार मुल्य निर्धारण हुने गर्दछ” उनले भने “किवीको बजार नुवाकोटमा त्यति राम्रो नभएर नारायणगढ, धादिङ र काठमाडौं लाने गरेको छु।”

युट्युब हेरेरै किवी खेतिमा लागेको उनको भनाइ छ । “खेती गर्न सहज हुने भएकोले आफु किवी खेतिमा लागेको हुँ।”

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ