२०८१, १६ बैशाख आईतवार

मानव बेचबिखनविरुद्ध सरोकारवालाहरुको साझा प्रतिबद्धता

डबली खबर     पुष २ २०८० १२:०३

human trafficking's awareness program in nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – मानवबेचविखन समस्याको सही समाधानको लागि दुप्चेश्वर गाउँपालिकाका सरोकारवालाहरुले साझा प्रतिबद्धता व्यक्त गरेका छन् ।

मङ्सिर २६ गते दुप्चेश्वर गाउँपालिका समुन्द्रटारमा भएको मानव बेचबिखनविरुद्ध क्रियाशिल सामाजिक संस्था सुनिता फाउण्डेसनले समिक्षात्मक कार्यक्रम गरेको थियो ।

कार्यक्रममा दुप्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष माकुरी तामाङ, ४ नम्बरका वडा अध्यक्ष ज्ञानबहादुर तामाङ, ७ नम्बरका वडा अध्यक्ष बुद्धिमान तामाङ, संस्थाकी अध्यक्ष तारादेवी खनाल, गैरसरकारी संस्था महासंघ नुवाकोटका अध्यक्ष गोकर्ण नेपाल, दुप्चेश्वर गाउँपालिका महिला तथा बालबालिका शाखा अधिकृतलगायतले मानव बेचबिखनविरुद्ध सरोकारवालाहरुको साझा प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा दुप्चेश्वर गाउँपालिका उपाध्यक्ष माकुरी तामाङले मानवबेचबिखन प्रभावितहरुको समस्या समाधान तथा न्यूनीकरणमा सुनिता फाउण्डेसनलगायत अन्य संस्थाको सहकार्यमा गाउँपालिका प्रतिबद्ध रहेको बताएकी थिईन् ।

कार्यक्रममा संस्थाका प्रबन्ध निर्देशक सुनिता दनुवारले फाउण्डेसनले स्थापनाकालदेखि हालसम्म मानव बेचबिखन प्रभावितहरुको पक्षमा सञ्चालन गरिरहेको क्रियाकलापका बारेमा जानकारी दिएकी थिईन् । हिंसामा परेका मानवजातीको उद्धार र राहत उपलब्ध गराउनु नै संस्थाको उद्देश्य रहेको उनले बताईन् ।

कार्यक्रममा संस्थाले सञ्चालन गरिरहेको समृद्धि परियोजना संयोजक अनामिका खतिवडाले परियोजना अन्तर्गत सञ्चालित कार्यक्रमका बारेमा प्रस्ट परेका थिईन् । नुवाकोट जिल्लाको दुप्चेश्वर, काठमाडौको गोकणेश्वर, सिन्धुपाल्चोकको मेलम्ची र मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा परियोजनाले काम गरिरहेको संयोजक खतिवडाले जानकारी दिईन् । परियोजनाले मानव बेचबिखनको रोकथाम, बेचबिखन प्रभावितहरुको संरक्षण तथा उच्च जोखिममा रहेका महिला तथा बालबालिकाको उद्दार, आधुनिक दासतामा परेका युवाहरुको अधिकार सुनिश्चित गर्ने काम रहेको बताईन् ।

फाउण्डेसनको समृद्धि परियोजना अन्तर्गत दुप्चेश्वर गाउँपालिकामा मानव बेचबिखनबाट प्रभावित भएका १८ जना महिला र उनीहरुको परिवारको जीविकोपार्जनका लागि विभिन्न आय आर्जनमुलक कार्यक्रम सञ्चालन गरिरहेको छ ।

दुईजना प्रभावितका लागि जिल्ला अदालत नुवाकोटमा कानुनी सहजीकरण गरिरहेको छ । प्रभावितमध्ये तीनजनालाई बाख्रापालनका लागि खोर निर्माण र बाख्रा हस्तान्तरणका गरिसकेको छ । साथै व्यावसायिक तालिम तथा अवलोकन भ्रमण गराइएको संस्थाका जिल्ला अधिकृत अमृता तिवारीले जानकारी दिईन् । तीनजना प्रभावित बालबालिकालाई शैक्षिक सामाग्री हस्तान्तरणसहित विद्यालयसँगको सहकार्यमा नि:शुल्क शिक्षा प्रदान गरिएको अधिकृत तिवारीले जानकारी दिईन् ।

त्यसैगरी परियोजना अन्तर्गत तरकारी खेती, किराना पसल, सुँगुर पालन, जीवन उपयोगी सीप, फास्टफुड सेन्टर, ड्राइभिङ तालिम, साना उद्योग सञ्चालन, मनोसामाजिक तालिम प्रदान गर्दै आइरहेको संस्थाले जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top