नुवाकोट – विदुर नगरपालिका–१ ढुङ्गेमा कार्यालय रहेको माता मनकामना बचत तथा ऋण सहकारी संस्था लि. को १०औँ वार्षिक साधारणसभा चितवन र नवलपरासीको नारायणी नदी किनारमा रहेको होटेल रिभर क्राउनमा शनिबार सम्पन्न भएको छ । कार्य क्षेत्रभन्दा बाहिर सम्पन्न भएको साधारणसभाले सेयर सदस्यलाई मनकामना र मौलाकालिकाको भमणसमेत गराएको छ ।
सहकारीका सेयर सदस्य र सञ्चालक टोलीले शुक्रबार मनकामना र मौलाकालिका मन्दिरमा पूजापाठसहित दर्शन गरेर साधारणसभामा सहभागी भएका थिए । नवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यता र जिल्ला बचत तथा ऋण सहकारी सङ्घका अध्यक्ष नारायण श्रेष्ठ, जिल्ला सहकारी सङ्घका प्रतिनिधि सविनराज भण्डारी, होटेल तथा पर्यटन व्यवसायी सङ्घका केन्दीय उपाध्यक्ष सन्तोष उप्रेतीको विशेष आतिथ्यता रहेको थियो ।
सहकारीले स्थापना गरेको जीवन सुरक्षा कोषबाट गत आव २०७९/०८० मा सेयर सदस्य राजनमान श्रेष्ठको मटुको शल्यक्रिया गर्नु १५ हजार सहयोग गरेको सञ्चालक समितिका सचिव अमरबहादुर कार्कीले जानकारी दिए ।
सेयर सदस्यलाई व्यावसायिक र उद्यमशील बनाउने लक्ष्यका साथ स्थापना भएको सहकारीमा पुरुष दुई सय ४३ र महिला एक सय १० गरी कुल सेयर सदस्य सङ्ख्या तीन सय ५३ र सेयरपुँजी एक करोड १५ लाख ९७ हजार तीन सय रहेको छ ।
प्रतिक्रिया