+
Search

ताजा अपडेट +

पपुलर +

जिल्ला अदालतको भवन उद्घाटन

chief justice bishwombhar prasad shrestha district court of nuwakot inauguration
डबली खबर
२ साल अगाडी

विदुर – प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले जिल्ला अदालत नुवाकोटको भवन उद्घाटन गरेका छन् । श्रेठले बिहिबार जिल्ला अदालतको दैनिक तथा प्रशासनिक कार्य सञ्चालन भएको चार वर्षपछि नवनिर्मत भवनको उद्घाटन गरेका हुन् ।

उद्घाटनपछि बोल्दै उनले न्यायपालिकाबाट हुने न्याय सम्पादन निष्पक्ष र स्वतन्त्र हुनुपर्ने बताएका छन् । जिल्ला अदालतको आफ्नै भवन निर्माण भएपछि सेवाग्राहीलाई पनि सहजता आउनेमा विश्वास व्यक्त गरे । देशभरका सबै न्यायलयले सूचना तथा प्रविधिको माध्यमबाट सेवाग्राहीमा सहज रुपमा सेवा पुर्याउन आफु तत्पर रहेको बताए ।

भवनमा ३४ कोठा रहेको जिल्ला अदालत भवन भ्याटबाहेक नौ करोड ६१ लाख चार हजार २४५ रुपैयाँमा निर्माण भएको जिल्ला न्यायधिश मदनबहादुर धामीले जानकारी दिए ।

सुविधा सम्पन्न जिल्ला अतालतको भवनमा एकवटा न्यायधीश चेम्बर कक्ष, सुविधा सम्पन्न इजलास कक्ष, बाल इजलास, व्यवस्थित पार्किङ सुविधा, अपाङ्गमैत्री भवन, विषयगत मुद्दा फाँट र १२ शौचालय लगायतका सुविधा छन् ।

०७२ सालको महाभूकम्पपछि जिल्ला अदालतको भवन भत्किएपछि वि.सं. २०७४ सालमा शिलान्यास भइ २०७६ मङ्सिर २४ गतेदेखि अदालतले सेवा प्रदान गर्दै आईरहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ