२०८१, २४ बैशाख सोमबार

विदुर कल्याणकारी सहकारीको शेयर संख्या ९७

डबली खबर     मंसिर ९ २०८० १०:००

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – विदुर कल्याणकारी बहुमुखी सहकारी संस्थाको शेयर रकम ६२ लाख ८१ हजार २०० पुगेको छ ।

शनिबार होटल दास इन विदुरमा भएको सहकारीको २६औं वार्षिक साधारणसभामा प्रस्तुत प्रतिवेदनका अनुसार सहकारीमा ९७ शेयरसदस्य रहेकोमा चालुआर्थिक वर्षमा १०० शेयर सदस्य पुर्याउने लक्ष्य रहेको छ ।

सहकारीको ऋण लगानी ८६ लाख ६७ हजार ६९५ रुपैयाँ पुगेको छ । सहकारीले २३ लाख ४४ हजार ७११ रुपैंयाँ निक्षेप संकलन र एकलाख सातहजार ७०८ रुपैयाँ खुद नाफा गरेको छ । 

साधारणसभाको उद्घाटन समारोहमा जिल्ला सहकारी संघका पूर्वअध्यक्ष पूर्णलाल श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो।

सहकारीले चालुआर्थिक वर्ष २०७८/७९ मा संस्थाको विनियममा रही सदस्य हितकोषको व्यवस्था गरि शेयर सदस्य दुर्घटना बीमा २५ हजार रुपैंयाँ व्यवस्था गर्ने कार्यविधि पारित गरेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top