२०८१, १७ बैशाख सोमबार

गोसाइँकुण्ड निर्धन उत्थानमा १३ सय महिला सदस्यहरु आबद्ध

डबली खबर     मंसिर ५ २०८० १४:४४

gosaikunda-chautari multipurpose cooperative
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – गोसाइँकुण्ड चौतारी बहुउद्देशीय सहकारी सँस्था लिमिटेडले गोसाइँकुण्ड निर्धन उत्थान कार्यक्रम अन्तर्गत विदुर नगरपालिका र आसपासका गाउँपालिकाका महिलाहरुलाई समेटि महिला समुह गठन गरि बचत र ऋण परिचालन कार्यक्रम गरेको छ । हालसम्म उक्त कार्यक्रम अन्तर्गत ६० वटा केन्द्रमार्फत १३ सय महिला सदस्यहरु आबद्ध भएका छन् । जसअन्तर्गत ३ करोड २८ लाख २६ हजार ६९२ ऋण लगानी र २ करोड ३७ लाख ९७ हजार ७०८ रुपैयाँ बचत गरेको छ ।

२२औं वार्षिक साधारणसभाको प्रतिवेदन अनुसार सहकारीको शेयरपूँजी ३ करोड ४९ लाख २२ हजार रुपैयाँ र संस्थागत पुँजी ३ करोड ८९ लाख ४१ हजार ७४० रहेको छ ।

सहकारीले गत आर्थिकवर्ष २०७९/०८०मा सदस्यहरुबाट ७ करोड ५७ लाख ६ हजार ७१३ बचत सङ्कलन गर्न सफल भएको छ । यस्तै, ८ करोड ९ लाख ५७ हजार ५२९ रुपैयाँ बचत फिर्ता गरेको छ भने १५ करोड ९५ लाख ५९ हजार ४७० मौज्दात बचत रहेको छ । सहकारीको १७ करोड ९५ लाख ४८ हजार १२० रुपैयाँ ऋण लगानी छ ।

सहकारीले गत आवमा सञ्चारक्षेत्रमा पनि लगानी गरेको छ । जिल्लाकै पहिलो सामुदायिक रेडियो नुवाकोट एफएममा २५ हजार रुपैयाँ लगानी गरेको हो ।

सहकारीमा तीन हजार पाँच सय ८७ जना शेयर सदस्यहरु रहेको जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top