२०८१, १७ बैशाख सोमबार

हार्डवेयर पसलमा आगलागी

डबली खबर     कार्तिक ३० २०८० १२:२३

fire flame
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – सदरमुकाम विदुरमा रहेको एक हार्डवेयर पसलमा बुधवार राती आगलागी भएको छ ।

हिजो राती अन्दाजी १० बजेर ४५ मिनेटमा विदुर नपा-४ मा रहेको खतिवडा हार्डवेयरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख सञ्जिवसिंह थापाले जानकारी दिए ।

सञ्चारचोक नेपाल बैंक अगाडी रहेको उक्त हार्डवेयर स्थानीय ठाकुरप्रसाद खतिवडाको रहेको जनाएको छ ।

विद्युत सर्किट खराबीका कारण आगलागी हुदाँ पसलको सामान पूर्ण जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगालागी बिहान १२ः४५ मा नियन्त्रणमा आएको छ ।

आगलागीपछि विदुर नगरपालिकाको अग्नि नियन्त्रणका कर्मचारीले दमकलबाट र स्थानीय, सुरक्षाकर्मी आगो निभाउन खटेको थिए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top