२०८१, १७ बैशाख सोमबार

बौद्धिक अपाङ्गताको मोबाइल एप सार्वजनिक

डबली खबर     कार्तिक २४ २०८० २०:२०

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं – बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपाल (पिएफपिआइडि)ले मोबाइल एप सञ्चालनमा ल्याएको छ ।

पिएफपिआइडिको आयोजना तथा लेव इन्कुजन डेनमार्कको साझेदारीमा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको रोजगारीको सम्भाव्यता तथा एप सार्वजनिकीकरण कार्यक्रम राजधानीमा एक समारोहबीच भएको छ ।

कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका मन्त्री सुरेन्द्रराज आचार्यले अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना एव सञ्चार सेवा निर्देशिका २०६९, अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४ र नियमावली २०७७ समय सापेक्ष मन्त्रालयले परिमार्जनका लागि काम गरिरहेको बताए । अपाङ्गता भएका व्यक्तिहरुको राष्ट्रिय नीतिलाई मन्त्रीपरिषदबाट पारित गर्न आफू लागिरको जिकिर गरे ।

पिएफपिआइडिका अध्यक्ष राजु बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उक्त कार्यक्रम सम्पन्न भएको कार्यक्रममा बौद्धिक अपाङ्गता र समावेशी शिक्षाको भाग २ पुस्तक, सरल तथा सचित्र सम्पादन निर्देशिका २०८० र बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको सीप विकासका लागि सहजीकरण निर्देशिकाको पनि विमोचन भएको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top