sujim advert

मधुमेह दिवसमा नुवाकोटमा प्रभातफेरी

डबली खबर     कार्तिक २४, २०८०

sizen education new intake 2025
ananda Jewellery shop
advertisement placement

world diabetes day rally in nuwakot
bidur tax consultancy services in nuwakot

विदुर – मधुमेह नियन्त्रण गर्न विभिन्न उपाय अपनाउन आग्रह गर्दै नुवाकोटमा विश्व मधुमेह दिवसको अवसरमा प्रभातफेरी गरिएको छ ।

“जोखिम बुझौं, सजगता अपनाऔ” मूल नाराका साथ नेपाल रेडक्रस सोसाईटी नुवाकोट र जिल्ला सामुदायिक आँखा केन्द्रको संयुक्तरुपमा शुक्रबार देवीघाट क्षेत्रमा प्रभातफेरी र सचेतना कार्यक्रम गरीएको रेडक्रस सभापति हरि श्रेष्ठले जानकारी दिए । मधुमेहले आँखामा पार्ने असरबारे सचेतना सप्ताहव्यापी कार्यक्रम अन्तर्गत प्रभातफेरी आयोजना गरिएको उनले बताए ।

कार्यक्रमका देवीघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठान र सहिद प्रकाश जंग शाह संस्कृत माध्यमिक विद्यालयले सहयोग गरेका थिए । प्रभातफेरी जेष्ठ नागरिक आश्रमदेखि देवीघाट बजार परिक्रमा गरी टुङगिएको थियो। 

कार्यक्रममा मधुमेहको बारेमा जिल्ला सामुदायिक आँखा केन्द्रका इञ्चार्ज ताराबहादुर वाईवाले सचेतनामुलक जानकारी दिदैं आमनागरिकले नियमित रुपमा आँखा चेकजाँच गर्ने र महुमेहको बारेमा आफ्नो स्वास्थ्य सन्दर्भमा चनाखो हुनुपर्ने सल्लाह दिए ।

प्रभातफेरिमा सहभागीहरुले मधुमेह रोगका सम्बन्धमा जनचेतना जगाउने प्लेकार्डहरु प्रर्दशन गरेका थिए । प्रभातफेरिमा रेडक्रसका पदाधिकारी, नागरिक समाज, विद्यार्थी, स्थानीय लगायतको सहभागिता रहेको थियो।

HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top