२०८१, १७ बैशाख सोमबार

शिखर इन्स्योरेन्सको वार्षिकोत्सवमा रक्तदान

डबली खबर     कार्तिक २३ २०८० २०:०६

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – शिखर इन्स्योरेन्स कम्पनीले आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा देशव्यापी रुपमा रक्तदान कार्यक्रम गरेको छ ।

सोही अभियान अन्तर्गत कम्पनीको नुवाकोट शाखाले आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

रक्तदान कार्यक्रममा समृद्ध नुवाकोट र नुवाकोट आदर्श बहुमुखी क्याम्पसको समन्वयमा र नेपाल रेडक्रस सोसाइटीको रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा भएको रक्तदानमा व्यवसायी, बैंकर, कम्पनीका कर्मचारी तथा स्थानीयबासीहरुको सहभागितामा ४० पिन्ट रगत संकलन भएको हो ।

नुवाकोट आदर्श बहुमुखी क्याम्पस गेटमा भएको रक्तदानमा ३१ पुरुष र ९ महिला गरि ४० जनाले रक्तदान गरेको रेडक्रसका सभापति हरि श्रेष्ठले जानकारी दिए ।

कम्पनीले वार्षिक उत्सवको अवसरमा देशैभर रक्तदान कार्यक्रम गरेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top