sujim advert

त्रिग्या सहकारीले दुई करोड ऋण लगानी गर्ने

डबली खबर     कार्तिक २३, २०८०

sizen education new intake 2025
ananda Jewellery shop
advertisement placement

trigya multipuropse cooperative reward to shrijana tamang
bidur tax consultancy services in nuwakot
Bidur municipality dengue awareness 2081

नुवाकोट – कोलनीमा रहेको त्रिग्या बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

कार्यक्रममा सहकारीका अध्यक्ष अनिल कुमारले आर्थिकवर्ष २०७९/०८० को  संस्थागत कार्य प्रगति विवरण, आगामी भावी योजनाहरु तथा प्रतिवेदन पेश गरेका थिए ।

संस्थाका कोषाध्यक्ष मधुकुमारी लामा गुरुङले आर्थिक आयव्यय र लेखा सुपरिवेक्षण समितिको संयोजक मेखामाया घलेले संस्थाको लेखा समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिईन् ।

सहकारीका अध्यक्ष तामाङले देशबाहिरबाट आर्जन गरका आयमुलकसीप र अनुभवहरु सदुपयोग गरेर स्थापना गरिएको बताए ।

चालुआर्थिक वर्षमा दुई करोडको ऋण लगानी बढाउने सहकारीको लक्ष्य रहेको सहकारीले जनाएको छ ।

कार्यक्रमका बीच असल बचतकर्ता, असल ऋणी, ज्येष्ठ  नागरिक, नानिबाबु बचत, असल नारी बचतलाई सम्मान गरेको छ ।

कार्यक्रममा सहकारीका कर्मचारी सिर्जना तामाङलाई कार्य सम्पादनको आधारमा यस वर्ष उत्कृष्ट कर्मचारीबाट सम्मान गरेको छ ।

सहकारीमा चार सय चार जना शेयर सदस्य रहेका छन् ।


nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top