sujim bazar advert

टिमुरे यातायातको विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा

डबली खबर     कार्तिक २२, २०८०

Sizen Education Consultancy Pvt. Ltd.

timure bus electronic vehicle charging station in nuwakot
Big Education Consultancy Nuwakot
global ime bank flash loan

नुवाकोट – टिमुरे बस मिनिबस यातायातले त्रिशुली बसपार्कमा विद्युतीय सवारीसाधनका लागि चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ ।

टिमुरेले करीब ३० लाख रुपैयाँको लागतमा चार्जिङ स्टेशन निर्माण गरेको अध्यक्ष प्रकाश जोशीले जानकारी दिए ।

विदुर नगरपालिका-१ को त्रिशुली बसर्पाकमा कम्पनीले आफ्नै लगानीमा विद्युतिय चार्जिङ्ग स्टेसनको निर्माण गरेको उनले बताए । काठमाण्डौ–त्रिशुली चल्ने विद्युतिय सवारीसाधनको लागि कम्पनीले चार्जिङ्ग स्टेशनको निर्माण गरिएको उनले बताए ।

चार्जिङ स्टेशनमा सबै किसिमका उपभोत्ताले सवारीसाधन चार्ज गर्न पाउने छ । चार्ज गरेबापत् प्रति युनिट सात रुपैयाँ महशुल तिर्नपर्ने छ ।

कम्पनीले पहिलो चरणमा काठमाण्डौ–त्रिशुली रुटमा तीन ई-माइक्रो सञ्चालन गरिरहेको छ । थप सात ई-माइक्रो आउने तयारी भइरहेको उनले जानकारी दिए ।

bidur tax consultancy services in nuwakot

maan bina ko dhaan Nepali Movie

ताजा अपडेट

प्रतिक्रिया

Top