sujim bazar advert

संगम सहकारी पत्रकारिता पुरस्कार शिवप्रसादलाई

डबली खबर     कार्तिक १८, २०८०

Sizen Education Consultancy Pvt. Ltd.

nuwakot journalist shiva prasad devkota rewarded from sangam journalism
Big Education Consultancy Nuwakot
global ime bank flash loan

नुवाकोट – पत्रकार शिवप्रसाद देवकोटा संगम साकोसको संगम पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।

आज शनिबार कोलनीमा भएको संगम साकोसको २७ औं वार्षिक साधारणसभामा पत्रकार देवकोटा पुरस्कृत एवं सम्मानित भएका हुन् ।

बागमती प्रदेशका अर्थ मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले देवकोटालाई नगद पुरस्कार, दोसल्ला र सम्मानपत्रले पुरस्कृत एवं सम्मान गरेका हुन् ।

२६ वर्षदेखि निरन्तर समाचार संकलन र सम्प्रेषणको साथै नुवाकोट जिल्लाको पत्रकारितामा उल्लेखनीय योगदान गरेकोमा सम्मान एवं पुरस्कृत गरिएको सहकारीका अध्यक्ष नारायण श्रेष्ठले बताए ।

पत्रकार देवकोटा नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष, नुवाकोट जागरण साप्ताहिक र उत्तरगया दैनिकका प्रकाशक तथा सम्पादक हुन् ।


Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top