+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटका पर्यटन व्यवसायी सुमन पाण्डेलाई ‘पर्यटन नेतृत्व पुरस्कार’

season medai professional tourism awarded to suman pandey nuwakot
डबली खबर
२ साल अगाडी

काठमाडौं – सिजन मिडिया आफ्नो १५ औँ स्थापना दिवस मनाएको छ । शुक्रबार स्थापना दिवसको अवसरमा होटल हिमालयन कुपोण्डोलमा एशियाली देशका सफल व्यवसायिक व्यक्तित्वहरुलाई ‘एशियन प्रोफेशनल एचिभमेन्ट अवार्ड २०२३’ को चौथो संस्करण विषयक सम्मान तथा अवार्ड वितरण कार्यक्रम आयोजना गरेको हो ।

समारोहमा २० जना राष्ट्रिय व्यवसायिक र आठ जना अन्तर्राष्ट्रिय व्यक्तित्वलाई सम्मान तथा पुरस्कार वितरण गरिएको सिजन मिडियाले जनाएको छ ।

मिडियाको स्थापना दिवसको अवसरमा नुवाकोटका पर्यटन व्यवसायी सुमन पाण्डे ‘पर्यटन नेतृत्व पुरस्कार’ बाट पुरस्कृत भएका छन् । पर्यटन र होटल व्यवसायमा पुर्‍याएको योगदानको कदर गर्दै उनलाई अवार्ड प्रदान गरिएको हो ।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शहरी विकास मन्त्री सीता गुरुङले संयुक्तरुपमा अवार्ड तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले खेलकुद, साहित्य र कलाको क्षेत्र सामाजिक क्षेत्र राष्ट्रिय एकताका सबैभन्दा महत्वपूर्ण आयाम हुन् र यसको माध्यमबाट सिङ्गो देशलाई एकताबद्ध गर्न सकिने बताए ।

समारोहमा आइकोनीक मुभी पर्सनालिटी अवार्ड वरिष्ठ फिल्मी कलाकार नीरविक्रम शाह, आइकोनीक हेल्थ प्रोफेशनल अवार्ड डा. भगवान कोइराला, आइकोनीक सेफ अवार्ड सेफ सन्तोष शाह, बैङ्किङ सिइओ अफ दि इयर बैंकर किरणकुमार श्रेष्ठ लगायतलाई सम्मान गरेको थियो ।

यस्तै, आइकोनीक एभियसन प्रर्सनालिटी अवार्ड क्याप्टेन विजय लामा, उत्कृष्ट मिडिया प्रर्सनालिटी अवार्ड वरिष्ठ पत्रकार शम्भु श्रेष्ठ ,उत्कृष्ट महिला उद्यमी अवार्ड विदुषी राणा, भर्सटायल सिङ्गर आनन्द कार्की, उत्कृष्ट हस्पिटालीटि सर्भिस अवार्ड अभिशेक विक्रम शाह, उद्यमशीलता उत्कृष्ट अवार्ड बद्री खनाल, उत्कृष्ट युवा उद्यमी अवार्ड करण चौधरी, उत्कृष्ट पत्रकारिता अवार्ड सविन धमला, उत्कृष्ट भिडियो पत्रकारीता अवार्ड अशोक बस्नेत, युवा उद्यमी अवार्ड सागर ढकाल, मिडिया पर्सनालिटी अवार्ड गिता श्रद्धा अर्याल सम्मानित भएका छन् ।

नेपालबाट विदेशीभूमिमा गई आफुलाई व्यवसायीको रुपमा स्थापित गराई व्यवसायीहरुपमा सफलता हासिल गरेका डायस्पोरा बिजनेश अवार्डबाट राजेन्द्रकुमार शर्मा (कतार), जलविद्युत उद्यमी अवार्डबाट खगेन्द्र न्यौपाने (मलेसिया), प्रभावशाली युवा उद्यमी अवार्डबाट स्वतन्त्रप्रताप शाह (अष्ट्रेलिया) र युथ लिडरसिप एचिभर्स अवार्डबाट युवा व्यवसायी सुलन थापा (जापान)लाई सम्मान गरिएको छ ।

सिजन मिडियाले एसियन मुलुकका विभिन्न व्यवसायीक व्यक्तिवहरुलाई पनि नेपालमा निमन्त्रर्णा गरी विभिन्न विधामा अवार्ड वितरण गरेको थियो । अन्तर्राष्ट्रिय विज्ञ अवार्ड डा. नेहाल मयूर भारत, मिडिया प्रोफेसनल एक्सिलेन्स अवार्ड रथचाफोल सुवानचोट थाइल्याण्ड र यू क्याव मायो मिन म्यान्मारलाई प्रदान गरिएको थियो ।

उत्कृष्ट शान्ति र मानवीय सेवा अवार्डबाट सोमचाई चत्री थाइल्याण्ड, ड्रामा फर सोसियल एक्सिलेन्स अवार्डबाट जुल्पकावत श्रीसुवुन थाइल्याण्ड, उत्कृष्ट मिडिया प्रोफेसनल अवार्डबाट होउ झिहोङ चीन, उत्कृष्ट अन्तर्राष्ट्रिय व्यावसायिक प्रशिक्षक डा. स्टीवन खाव, मलेशिया मिडिया प्रोफेसनल एक्सिलेन्स अवार्डबाट फैजल रजा खान पाकिस्तान र सामाजिक कार्यकर्ता पुरस्कार सोक्चान लुन कम्बोडियनलाई अवार्ड प्रदान गरीएको थियो ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ