sujim advert

राष्ट्रिय युवा कवितामा नुवाकोटकी एलिशा तृतीय

डबली खबर     अशोज २८, २०८०

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

poet alisha poudel
bidur tax consultancy services in nuwakot

हेटौंडा – राष्ट्रिय कविता प्रतियोगितामा नुवाकोटकी एलिशा पौडेल “एकलास” तृतीय भएकी छिन् ।

बागमती प्रदेश युवा परिषद्को आयोजना तथा साहित्य संगम मकवानपुरको समन्वयमा शनिबार हेटौँडामा भएको युवा कविता उत्सवमा कवि एलिशा एकलासको कविता “निर्धाे बक्र रेखाहरु” तृतीय भएकी हुन् । उनको कविताले ८० दशमलव १६ अंक प्राप्त गरेको छ।

प्रतियोगितामा सुनसरीका सुरज पराजुली प्रथम भएको छ । उनको “पर्खाइ” कविताले ८२ दशमलव ५ अंक प्राप्त गरी प्रथम भएको छ । यस्तै, प्रतियोगितामा चितवनका अन्जान प्रदीप द्वितीय भएको छ । उनको “कुण्डली” कविताले ८२ दशमलव ३३ अंक प्राप्त गरेको थियो ।

तनहुँका कवि भिमप्रसाद सापकोटा सान्त्वना प्राप्त गरेका छन् । कवि सापकोटाको मेरो यात्रा कविताले ७९ दशमलव १६ अंक प्राप्त गरेको थियो ।

प्रतियोगिताका विजयी प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने कविहरुले क्रमशः ४० हजार, ३० हजार, २० हजार र १० हजारसहित सम्मानपत्र प्राप्त गरेका छन् ।

प्रतियोगितामा २० जना कविता छनोट भएकोमा १८ जना कविले कविता वाचन गरेका थिए ।

बागमती युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौंलागाईको अध्यक्षता तथा बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यमा कविता उत्सवको उद्घाटन कार्यक्रम भएको थियो ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top