२०८१, १६ बैशाख आईतवार

नुवाकोटमा विश्व मानसिक स्वास्थ्य दिवस मनाइयो

डबली खबर     आश्विन २३ २०८० १८:०५

World Mental Health Day 2023
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – विश्व मानसिक स्वास्थ्य दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । हरेक वर्षको अक्टोबर १० मा यो दिवस यस वर्ष मानिस र समुदायका लागि ‘मानसिक स्वास्थ्य सबैको अधिकार’ भन्ने नारासहित मानसिक स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धिमूलक कार्यक्रम गरी मनाइएको छ ।

मनोवैज्ञानिक सहयोग संस्थाले विदुर नगरपालिकाको केउरिनीमा सो दिवसको अवसरमा जनचेतनामूलक कार्यक्रम गरी मनाएको छ ।

संस्थाका प्रमुख एवं परामर्शदाता रुपा राईले मानसिक स्वास्थ्यसम्बन्धी सचेतना जगाउने र सबैको मानसिक स्वास्थ्यलाई स्वस्थ्य राखी सामाजिक भाइचाराको सम्बन्ध कायम राख्नुपर्ने बताइन् । मानसिक समस्या भएका बिरामीहरुले समयमै मनोचिकित्सक वा परामर्शदातालाई सम्पर्क गरी आफ्नो समस्याको समाधान खोज्नुपर्ने बताइन् ।

कार्यक्रममा संस्थाका मनोपरामर्शदाता रुपा राई, मनिषा थापा र मिरा मोक्तानले मानसिक स्वास्थ्यमा देखिएका समस्या, नियमित खानपान, सामाजिक जीवनशैली, शारीरिक स्वस्थ्य र सकारात्मक सोच, बालमनोविज्ञान लगायतका विषयमा जानकारी दिएका थिए ।

कार्यक्रममा सहभागीहरुले आफ्नो मनको व्यथा एकअर्कामा सुनाउनुपर्ने र सामाजिक सोचलाई पनि परिवर्तन गरी मानसिक भाव बुझे त्यस्ता समस्या नआउने बुझाई भएको बताएका छन् ।

संस्थाले मनोपरामर्श सम्बन्धि जनचेतनामूलक कार्यक्रम गर्नुको साथै त्रिशूली अस्पतालमा बिरामीको अवस्थाअनुसार मनोचिकित्सकमा पठाउने गरेको मनोपरामर्शदाता राईले जानकारी दिइन् ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटको तथ्यांकअनुसार चालुआर्थिक वर्षमा झुण्डिएर १६ जना र विष सेवन गरी ४ जना गरी २० जनाले आत्माहत्या गरेका छन् । आव २०७७/७८ मा ८४ जना, २०७८/७९ मा ७७ जना र २०७९/८० मा ६० जनाले आत्महत्या गरेको तथ्यांक छ ।

सरकारले मानसिक स्वास्थ्य परामर्श र औषधि निःशुल्क वितरण गर्दै आएको छ । संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्य २०१६–२०३० मा पनि मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखी मानसिक स्वास्थ्यको प्रवर्द्धन र नसर्ने रोगबाट हुने मृत्युदरलाई एकतिहाइले कम गर्ने लक्ष्य छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top