sujim bazar advert

त्रिशूली सहकारीको सम्पत्ति ४० करोड ३५ लाख

सुनील श्रेष्ठ     अशोज १४, २०८०

Sizen Education Consultancy Pvt. Ltd.

23th trishuli saving and credit cooperativ society ltd
Big Education Consultancy Nuwakot
global ime bank flash loan

नुवाकोट – त्रिशूली बचत तथा ऋण सहकारी संस्थाले शनिबार आफ्नो २३औं वार्षिक साधरणसभा सम्पन्न भएको छ ।

विदुर नगरपालिका-१ ढुंगेमा भएको कार्यक्रममा सहकारीका अध्यक्ष हरिलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न समारोहमा सहकारीका जेष्ठ शेयरसदस्य कुलबहादुर बोगटीको प्रमुख आतिथ्यता रहेका थियो ।

आ.व. २०८०/०८१ को भाद्र महिनासम्ममा संस्थामा १ हजार ६७२ सेयर सदस्य रहेका छन् भने ४० करोड ३५ लाखको कुल सम्पत्ति रहेको प्रतिवेदनमा उल्लेख छ । संस्थाले सो अवधिमा ४ करोड ११ लाख ४६ हजार शेयरपुँजी संकलन गरेको छ ।

त्यसैगरी, बचत संकलन २९ करोड ८ लाख ६३ हजार गरेको संस्थाले २९ करोड ४७ लाख ४३ हजार कर्जा सदस्यहरुमा लगानी गरेको छ । संस्थाले १ करोड ६२ लाख १५ हजार संस्थागत शेयर लगानी गरेकाे छ।

कार्यक्रममा संस्थाका अध्यक्ष श्रेष्ठ र लेखा संयोजक उपेन्द्र अमात्यले वार्षिक प्रगति विवरण र भावी कार्यक्रम प्रस्तुत गरेका थिए ।

सभामा विभिन्न विधामा उत्कृष्ट सदस्य र विद्यार्थीहरूको साथै शेयर सदस्य जेष्ठ नागरिकलाई सम्मान एवं पुरस्कृत गरिएकाे थियाे ।

सहकारीले गत आवमा अवलोकन भ्रमणमा रुपैंयाँ १८ लाख ८ हजार, सञ्चालक समिति बैठकमा ३ लाख ९३ हजार र तालिममा३ लाख ४० हजार खर्च गरेको छ ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top