२०८१, १३ जेष्ठ आईतवार

प्रहरी प्रमुख थापा र पत्रकारबीच परिचयात्मक

डबली खबर     आश्विन १२ २०८० १५:३०

sanjay sigh thapa sp nuwakot police chief
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – भर्खरै सरुवा भएर नुवाकोट आएका प्रहरी उपनिरीक्षक सञ्जयसिंह थापा र पत्रकारबीच परिचयात्मक तथा भेटघाट भएको छ ।

भेटघाटमा बोल्दै प्रहरी उपनिरीक्षक थापाले नागरिकलाई शान्ति सुरक्षा प्रत्याभूत दिलाउने आफ्नो पहिलो प्राथमिकता भएको बताए । नजिकिँदै गएको चाडपर्वलाई लक्षित गरेर सुरक्षा संयन्त्र तयार गरिरहेको बताए । चाडवाडमा हुने अपराधिक गतिविधि रोक्न स्वयम् नागरिक नै सहजक हुनेपर्ने भनाइ राखे । जुवातास, लागूऔषध, चोरी, तस्करी, आत्महत्या जस्ता गतिविधिलाई न्यूनीकरण गर्न आफुले पहल गर्ने बताए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य ध्रुवकुमार रावल, जिल्ला अध्यक्ष कपिलदेव खनाल, पार्टीगत पत्रकार संगठनका प्रतिनिधिहरुलगायत जिल्लामा सक्रिय पत्रकारहरुको उपस्थिति रहेको थियो ।

भेटघाटमा पत्रकारहरुले जिल्लाको पछिल्लो वस्तुस्थिति, सुरक्षास्थिति र प्रहरी तथा ट्राफिक प्रहरीको समस्याबारे गुनासो राखेका थिए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top