sujim advert

‘बेलकोटगढी मीमांसा’ पुस्तक विमोचन

डबली खबर     अशोज १०, २०८०

sizen education new intake 2025
ananda Jewellery shop

belkotgadhi mimamsa published
bidur tax consultancy services in nuwakot

विदुर – नुवाकोटको नौ कोट मौलौहरु मध्ये ऐतिहासिकस्थल “बेलकोट”को खोज, इतिहास र अनुसन्धानमुलक पुस्तक “बेलकोटगढी मीमांसा” बुधबार विमोचन भएको छ ।

लेखक शिवसुन्दर पुडासैनीद्वारा लिखित उक्त पुस्तकको बेलकोटगढी नगरपालिकाका प्रमुख जगतबहादुर गुरुङ तथा उपप्रमुख शिवप्रसाद दाहालले संयुक्तरुपमा एक कार्यक्रममा विमोचन गरेका हुन् ।

बेलकोटगढी नगरपालिका-९ बाघखोरमा रहेको महादेव आधारभूत विद्यालयमा आयोजित पुस्तक विमोचन कार्यक्रमलै सम्बोधन गर्दै प्रमुख गुरुङले “बेलकोटगढी मीमांसा” मा ऐतिहासिक वर्णन मात्र नभएर कृषि, वन, पशु तथा पर्यटन समेतलाई छोएकाले अन्य क्षेत्रको ज्ञान पनि हासिल गर्न सकिने पुस्तक नगरबासी र समग्र जिल्लाबासीको लागि उपयुक्त रहने बताए ।

कार्यक्रममा नगर उपप्रमुख शिवप्रसाद दाहालले पुस्तकको समीक्षा गरेका थिए । नगर क्षेत्रभित्रको ऐतिहासिक, सामाजिक, भौगोलिक, साँस्कृतिक, पुरातात्विक, धार्मिक एवम् कृषि, वन, पर्यटन एवम् समग्र पक्षको चित्रण हुने गरी पुस्तक प्रकाशन हुनु आफैमा गौरवको विषय रहेको उपप्रमुख दाहालले बताए ।

करीब १० वर्षको खोज र अनुसन्धानबाट तयार भएको पुस्तकले अनुसन्धानदाताको मनोबलवृत्ति गरी थप अनुसन्धानमा टेवा पुग्ने र अन्य अध्यता तथा अनुसन्धानकर्तालाई पनि थप बल प्रदान हुने लेखक पुडासैनीले बताए ।

लेखक स्वयंले प्रकाशनमा ल्याएको ९६ पृष्ठ पुस्तकको मूल्य व्यक्तिगत तीनसय र संस्थागत पाँचसय रुपैयाँ रहेको छ ।

लेखक पुडासैनीका कविताहरुमा “शान्तिको खोजी”, “वर्तमान, बुद्ध र मान्छेहरु” र “अब देश कङ्गो बन्ने हल्ला” कृति प्रकाशित छन् । “प्रेमी इरा र लालप्रसादको देश” र “भविष्यको बाटो” बालकथा प्रकाशित छन् ।

यस्तै, लेखकका “सपना यथार्थ र नयाँ नेपाल” उपन्यास प्रकाशित छन् ।

orchid academy nuwakot admission open 11 grade
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top