२०८०, २४ मंसिर आईतवार
social securities awareness bidur municipality

पर्यटकलाई होटलमा १५ प्रतिशत छुट

डबली खबर     आश्विन १० २०८० ११:३१

world tourism day celebrating in nuwakot
pratik book and stationery center in nuwakot

विदुर – नुवाकोट होटल तथा रेष्टुरण्ट व्यवसायी संघले ४४औँ विश्व पर्यटक दिवसको सन्दर्भ पारेर होटलमा २० प्रतिशत छुट दिने घोषणा गरेका छन् । पर्यटक दिवसको अवसरमा पर्यटकहरूलाई लक्षित गर्दै निजी क्षेत्रले विशेष योजना ल्याएका हुन् ।

बुधबार ढुंगेको मञ्जरी होटलमा आयोजित एक कार्यक्रममा संघका अध्यक्ष बासुदेव अधिकारीले विदेशी पर्यटकलाई असोज १० गतेदेखि १५ गतेसम्म पाँचदिन भोजनमा १० प्रतिशत र आवासमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको बताए । संघमा आबद्ध २७३ भन्दा बढी होटल तथा रेष्टुरण्टमा उक्त छुट लागू हुने उनले बताए ।

कार्यक्रममा दुई जर्मनी नागरिक पर्यटकलाई स्वागत तथा सम्मान गरिएको होटल व्यवसायी महासंघ नेपालका पर्यटन उपाध्यक्ष सन्तोष उप्रेतीले जानकारी दिए । कोभिडले शून्य अवस्थामा पुगेको पर्यटनलाई यो छुटले राहत मिल्ने उनले बताए । नुवाकोट जिल्ला पर्यटकीय तथा व्यवसायिक हबको क्षेत्रमा बढ्दै गईरहेको अवस्थामा पर्यटन व्यवसायीले आन्तरिक तथा बाह्रय पर्यटनको प्रबर्द्धन अभियानका लागि कार्यक्रम कार्यन्वयनमा लागिरहेको बताए।

नुवाकोट जिल्लामा क, ख र ग गरी तीन श्रेणीस्तरको होटल तथा रेष्टुरण्टहरु सञ्चालनमा रहेका छन् ।

सन् १९९७ को संयुक्त राष्ट्रसंघीय अवधारणा बनेपछि सन् १९८० देखि २७ सेप्टेम्बरकाका दिन विश्वभर विविध कार्यक्रम गरी विश्व पर्यटन दिवस मनाउन थालिएको हो । आज पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ नेपालमा विश्व पर्यटन दिवस मनाइँदै छ  ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top