+
Search

ताजा अपडेट +

पपुलर +

प्रभातफेरीपछि प्रवचन गरेर संविधान दिवस मनाईयो

डबली खबर
२ साल अगाडी

विदुर – २०७२ असोज ३ गते संविधान जारी भएको अवसरमा नुवाकोट पनि विविध कार्यक्रम गरेर संविधान दिवस मनाइएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रमसिहं ठकुरीको अध्यक्षतामा जिल्ला समारोह समितिले बुधबार बट्टारदेखि विदुरमा रहेको समितिको कार्यालयसम्म प्रभातफेरीपछि प्रवचन गरेर संविधान दिवस मनाएको छ।

कार्यक्रममा जिसस प्रमुख ठकुरी, जिल्ला अधिकारी सुरेन्द्र पौडेल, राजनीतिक दलका नेताहरु, नेपाल पत्रकार महासंघका अध्यक्ष कपिलदेव खनाल, उपभोक्ता तथा नागरिक समाजका प्रमुखलगायतले प्रवचन दिएका थिए ।

प्रभातफेरीमा जनप्रतिनिधि, प्रहरी, कर्मचारी, राजनितिकर्मी, पत्रकार, नागरिक समाज, उपभोक्ता मंच, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको सहभागितामा प्रभातफेरी गरिएको थियो ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ