sujim bazar advert

प्रतिष्ठानमा अपाङ्गता भएका व्यक्तिको सहजताको लागि अपाङ्ग महासंघको ध्यानाकर्षण

डबली खबर     साउन ३२, २०८०

Sizen Education Consultancy Pvt. Ltd.

Attention letter to Madan Bhandari Academy of Health Sciences
Big Education Consultancy Nuwakot
global ime bank flash loan

नुवाकोट – राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेश हेटौंडाले अपाङ्गता भएका व्यक्तिको सहजताको लागि आठ बुँदे मागसहित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ध्यानाकर्षण बुझाएको छ ।

बिहिबार प्रदेशका अध्यक्ष अस्विन लम्सालको टोलीले प्रतिष्ठान रजिष्ट्रार राजेश प्रसाई प्रतिष्ठानमा अपाङ्गता भएका व्यक्तिहरुको लागि प्रदान गरिने सेवा सुविधा सहजताको लागि उक्त ध्यानाकर्षण पत्र बुझाएको हो ।

पत्रमा भनिएको छ “नेपालको संविधान २०७२, अपाङ्गता अधिकार सम्वन्धी अन्तराष्ट्रिय महासन्धी २००६, अपाङ्गता भएका ब्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४, अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका २०६९, सम्मानित सर्बोच्च अदालतको फैसलाहरु आदी ऐन, नीतिनियम र निर्देशिका कार्यान्वयन गर्न अपाङ्गता भएका ब्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४ को दफा २८ ले अपाङ्गता भएका ब्यक्तिको स्वास्थ्य सेवाको लागि स्वास्थ्य संस्थामा रहेका अवरोधहरु हटाउन आवश्यक ब्यवस्था गर्नेछ भन्ने ब्यवस्था रहेको छ । अपाङ्गता भएका व्यक्तिहरुले प्राप्त गर्ने स्वास्थ्य सेवाहरु समयमा र अपाङ्गता व्यक्तिहरुका लागी अनुकुल नहुनाले अपाङ्गता भएको व्यक्तिहरुले धैरै समस्या भोग्नु परेको अवस्था छ । तसर्थ यस्ता जटिल समस्याहरुलाई चाँडै भन्दा भन्दा चाँडै समाधानको लागि यहां समक्ष गभ्भिर ध्यानार्षण गराउन चाहान्छौं ।”

महासंघले अपाङ्गता भएका व्यक्तिहरुका लागी छुट्टै टिकट लिने स्थानको व्यवस्था, मनोसामाजिक अपाङ्गता भयका व्यक्तिहरुको अवस्थाको सहि पहिचान गरी परिचय पत्रका लागी सिफारिस, अपाङ्गता भयका व्यक्तिहरुको खण्डिकृत तथ्याङ्क राख्ने व्यवस्थाको सुरुवात, अपाङ्गता भएका व्यक्तिहरुलाई निशुल्क स्वास्थ्य उपचारको प्रत्याभुती र राज्यबाट सर्वसाधारणका लागि नि:शुल्क वितरण गरिने १०० प्रकारका औषधिहरु अपाङ्गता भएका व्यक्तिहरुको लागि सरल र सहज ढङ्गबाट उपलब्ध गराउन माग गरेको छ ।

यस्तै, सांकेतिक भाषाको ज्ञान भएको व्यक्ति( दोभाषे) को व्यवस्थापन, संकेत र चिन्हहरू मापदण्ड अनुसार सजिलै प्रयोग गर्न (बौध्दिक र न्युन दृष्टियुक्त) र भवन परिसरभित्र ट्याक टाइल र ब्रेल अभिमुखीकरण नक्साको व्यवस्थापन गर्न महासंघले माग गरेको छ।

bidur tax consultancy services in nuwakot

maan bina ko dhaan Nepali Movie

ताजा अपडेट

प्रतिक्रिया

Top