२०८०, ४ आश्विन बिहीबार
social securities awareness bidur municipality

सारथी र श्रीकृष्ण सहकारी सम्मानित

पूजा श्रेष्ठ     श्रावण २१ २०८० ०८:१४

rewared saarathi saving and credit cooperative best transaction in nuwakot
pratik book and stationery center in nuwakot

विदुर – राष्ट्रिय सहकारी बैंक लिमिटेडले नुवाकोटका सारथी बचत तथा ऋण सहकारी संस्था लिमिटेड र श्रीकृष्ण बचत तथा ऋण परिचालन सहकारी संस्था लि. सम्मान गरेको छ । बैंकले आफ्नो २१ औं स्थापना दिवस तथा कारोबार शुभारम्भ दिवसको अवसरमा विभिन्न सहकारी संस्थाहरु र व्यक्तिलाई सम्मान गरेको हो ।

राष्ट्रिय सहकारी बैंक लि. को १९औँ वार्षिक साधारणसभाबाट घोषणा भएअनुसार नुवाकोट शाखाअन्तर्गत गत आर्थिकवर्ष २०७८/०७९ को उत्कृष्ट कारोबार विधामा सारथी सहकारी र नियमित कारोबार विधामा श्रीकृष्ण सहकारीलाई २१औं कारोबार शुभारम्भ दिवसको अवसरमा आयोजित समारोह कार्यक्रमको बीच सम्मान पत्र वितरण गरिएको छ ।

शनिबार राष्ट्रिय सहकारी महासंघको सभा हलमा आयोजित समारोहमा महासंघका अध्यक्ष मिनराज कँडेल र बैंकका अध्यक्ष के.बी.उप्रेतीले संयुक्तरुपमा सम्मानित सहकारी संस्था र व्यक्तिका पदाधिकारीहरूलाई प्रशंसा पत्रसहित पुरस्कार प्रदान गरेका थिए ।

राष्ट्रियस्तरको उत्कृष्ट सदस्य संस्थातर्फ कञ्चनपुरको उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई पुरस्कृत गरेको छ । यस्तै बैंकको शाखास्तरमा उत्कृष्ट र नियमित कारोबार गर्ने बैंकको उपत्यका भित्रका शाखाका दोलखा शाखाका ४६ वटा सहकारी संस्थालाई सम्मानित गरेको छ ।

त्यसैगरी ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा बैंकले आयोजना गरेको सहकारीमा वित्तीय साक्षरता सम्बन्धी निबन्ध प्रतियोगितामा तृतीय र सान्त्वना हुने मंगलोदय माध्यमिक विद्यालय इमाखेल थानकोटका आनन्द महतो र जेशिका श्रेष्ठलाई पुरस्कार वितरण गरिएको छ ।

राष्ट्रिय सहकारी बैंक पत्रकारिता पुरस्कार विधामा विकास न्युज डटकममा कार्यरत पत्रकार सन्तोष रोकाया, सहकारी बैंक विद्वता पुरस्कारबाट डाक्टर दीप बहादुर रावल र सहकारी बैंकका पूर्व सञ्चालकबाट विजय राज घिमिरे सम्मानित  भएका छन् । त्यसैगरी, बागमती प्रदेशतर्फ उत्कृष्ट हुने बचत तथा ऋण व्यवसायमा बनेपामा रहेको चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड र बचत तथा ऋण बाहेकको व्यवसाय गर्ने दोलखामा रहेको जनहित बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई पुरस्कार प्रदान गरिएको थियो ।

सम्मानित तथा पुरस्कृत हुने व्यक्तिहरूमा बैंक व्यवस्थापनतर्फ उत्कृष्ट कर्मचारी ध्रुव तामाङ (सहयोगस्तर) अमृतकुमार जोशी, (सहायकस्तर) प्रवीणकुमार आर्चायलाई (अधिकृतस्तर) र सहकारी बैंकको उत्कृट शाखा बुटवल शाखालाई सम्मान गरेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

Top