२०८०, ५ आश्विन शुक्रबार
social securities awareness bidur municipality

नुवाकोटका दुई सहकारी उत्कृष्ट

डबली खबर     पुष १८ २०७९ १४:२८

saarathi and shreekrishna cooperative awarded from best cooperative
pratik book and stationery center in nuwakot

विदुर – राष्ट्रिय सहकारी बैंक लिमिटेडको नुवाकोट शाखाबाट सारथी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले उत्कृष्ट कारोबार गर्न सफल भएको छ । बैंकले आर्थिक वर्ष २०७८/०७९ मा बैङ्कमा उत्कृष्ट कारोबार गर्ने र नियमित कारोबार गर्ने एक/एक सहकारी संस्थाको नाम सार्वजनिक गरेको हो ।

बैंकको १९औं वार्षिक साधारणसभाका अवसर सार्वजनिक गरिएको उक्त नतिजाले सारथी सहकारी उत्कृष्ट कारोबार र श्रीकृष्ण सहकारीले उत्कृष्ट नियमित कारोबार गर्न सफल भएको नुवाकोट शाखाका प्रमुख प्रदिप अर्यालले जानकारी दिए । बैंकमा सहकारीले बचत, शेयरलगायतका प्रावधानअनुसार नुवाकोट, धादिङ र रसुवा जिल्लाका ४२१ सहकारी मध्ये सारथी र श्रीकृष्ण सहकारी उत्कृष्ट विधामा परेको बताए । बैंकको एक कार्यक्रमबीचमा दुई सहकारीलाई सम्मान गरिने उनले जानकारी दिए ।

बैंकले देशभरका आफ्ना शाखाहरु मार्फत् उत्कृष्ट कारोबार गर्ने र नियमित कारोबार गर्ने सहकारीको नाम सार्वजनिक गरिएको हो । बागमती प्रदेश अन्तर्गतका २७ शाखाहरुमा कारोबार गर्ने सहकारी संस्थामध्ये उत्कृष्ट कारोबार र नियमित कारोबार गर्ने विधा गरी ५४ सहकारी संस्थाको नाम सार्वजनिक गरेको छ ।

राष्ट्रिय सहकारी बैंकले १९ औं वार्षिक साधारण सभामा घोषणा गरेको शाखा स्तरीय उत्कृष्ट सहकारी संस्थाहरु (बागमती प्रदेश)

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

Top