२०८१, १४ बैशाख शुक्रबार

वक्तृत्वकलामा विविना विजयी

डबली खबर     जेष्ठ २२ २०८० २२:०९

public speaking winner bibina lamichhane nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – युवा नवप्रवर्द्धन विषयक जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगितामा बेलकाेटगढिकी विविना लामिछाने विजयी भएकी छिन् । बागमति प्रदेश सरकार सामाजिक विकास मन्त्रालय प्रदेश युवा परिषद जिल्ला युवा समितिले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा लामिछाने प्रथम भएर नगद पन्ध्र हजार रूपैयाँ पुरस्कार प्राप्त गरेकी छिन् ।

प्रतियोगितामा द्वितीय भएर सुभेनियर बोर्डिङ्ग स्कुलकी सिम्रिका रिजालले नगद दशहजार रूपैयाँ र तृतीय भएर मंगलादेवि मावि सुर्यगढिकी सुनिता तामाङले नगद दुई हजार रूपैयाँ प्राप्त गरेकी छिन् । प्रतियाेगितामा विदुरका निशान नेपाली तथा सुभेनियरकी पूर्णिमा पाण्डेले सान्त्वना पुरस्कार नगद रु १/१ हजार रूपैयाँ प्राप्त गरेका जिल्ला युवा समिति नुवाकोटका अध्यक्ष उद्धव पनेरुले जानकारी दिए ।

विजयीलाई नुवाकोट आदर्श बहुमुखी क्याम्पसका अध्यक्ष श्रीराम श्रेष्ठले नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रतियोगितामा २४ वर्षसम्म उमेर भएका १५ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

प्रतियोगिताको निर्णायकमा प्राध्यापक शिवसुन्दर पुडासैनी, पत्रकार नवदिप श्रेष्ठ र साहित्यकार राजकुमार अर्जेल पुत्ला रहेका थिए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top