+
Search

ताजा अपडेट +

पपुलर +

“युवा नवप्रबर्द्धन” विषयकमा वक्तृत्वकला प्रतियोगिता हुने

public speech district youth committee 2023
डबली खबर
३ साल अगाडी

विदुर – युवा प्रतिभा उजागर गर्ने अभिप्रायका साथ जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता हुने भएको छ।

बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय प्रदेश युवा परिषद् बागमतीको आर्थिक सहयोगमा जिल्ला युवा समिति नुवाकोटले यहि जेष्ठ २१ गते “युवा नवप्रबर्द्धन” विषयकमा वक्तृत्वकला प्रतियोगिता गर्न लागेको समितिका अध्यक्ष उद्धव पनेरुले जानकारी दिए ।

नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारमा हुने प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कारसहित प्रमाणपत्र पाउने जानकारी दिएको छ।

जिल्लाका सामुदायिक, निजी विद्यालय र क्याम्पसमा अध्यनरत २४ वर्ष भन्दा कम उमेरका विद्यार्थीले सहभागि हुन पाउने जनाएको छ ।

प्रथम हुनेलाई प्रदेशस्तरीय कार्यक्रममा समावेश गरिने समितिका अध्यक्ष पनेरुले जानकारी दिए ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ