२०८०, २४ जेष्ठ बुधबार

बालबालिकालाई पोशाक र शैक्षिक सामाग्री

डबली खबर     जेष्ठ ५ २०८० १९:५५

school distribution program in nuwakot manechautara
Diyo Pathshala Montessori

नुवाकोट – विदुर नगरपालिका-१३ मानेचौतारास्थित बागेश्वरी आधारभूत विद्यालयका बालबालिकालाई पोशाक र शैक्षिक सामाग्री वितरण गरिएको छ ।

शुक्रबार विद्यालयको प्राङ्गणमा आयोजित एक कार्यक्रमकाबीचमा नेकपा एमालेका केन्द्रीय सदस्य विन्दा ढुंगानाले उक्त सामाग्री विद्यालयका बालबालिकालाई प्रदान गरिएको हो।

कार्यक्रममा नेतृ ढुंगानाले बालबालिकाको आचरण व्यवहारमा परिवर्तन गर्न आधारभूत विद्यालयदेखि नै नैतिक शिक्षा बालबालिकाहरुका लागि आवश्यक रहेकोमा जोड दिईन् ।

विद्यालयमा कक्षा १ देखि ८ सम्म अध्यनरत १३४ जना बालबालिकालाई विद्यालय पोशाक र झोला वितरण गरिएको समाजसेवी नवराज ढुंगानाले जानकारी दिए । साथै विद्यालयको शैक्षिकसत्र २०७९ मा कक्षागत प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको उनले बताए । आफ्नो व्यक्तिगत खर्चमा वितरण गरिएको उक्त सामाग्रीहरुबाट विद्यालयको शैक्षिक सुधारमा टेवा पुग्ने अपेक्षा उनले बताए ।

पोशाक र शैक्षिक सामाग्री वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण श्रेष्ठ, नेकपा नेतृ अम्बिका पौडेल, राष्ट्रिय युवा संघ नुवाकोटका अध्यक्ष प्रज्वल सापकोटा, नेकपा नुवाकोटका कार्यालय सचिव अरुणकुमार श्रेष्ठलगायतले सामुदायिक विद्यालयको वर्तमान अवस्थाका बारेमा चर्चा गरेका थिए ।

nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

प्रतिक्रिया


Top