विदुर – सचेतन सामुदायिक सिकाई केन्द्रको आयोजनामा बेमौसमी तरकारी खेती कृषक तालिम सम्पन्न भएको छ।
विदुर नगरपालिकाको सहयोग र उपोष्ण प्रदेशीय बागवानी विकास केन्द्र त्रिशुलीको सहजीकरणमा भएको तीनदिने तालिममा विदुर नगरपालिका क्षेत्रका ५० जनाले उक्त तालिम लिएको केन्द्रका अध्यक्ष पशुपति कोइरालाले जानकारी दिए ।
तीनदिने तालिम समापनमा बोल्दै विदुर नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख देवीप्रसाद अधिकारीले विशेषत: गृहिणी महिलाले घरबारीमा तरकारी खेती आत्मनिर्भर बन्नुपर्ने बताए ।
तालिमका सहभागी दिलमाया श्रेष्ठ अधिकारीले प्रांगारिक खेतीको अनुभव सुनाउदै स्थानीयस्तरकै मलमा निर्भर हुनुपर्ने बताईन् ।
वैशाख ३० गतेदेखि जेष्ठ १ गतेसम्म भएको तालिममा अधिकांश रूपमा खेतमै व्यावहारिक सत्र सञ्चालन भएको केन्द्रका संस्थापक अध्यक्ष यमकुमार खातीले बताए ।
उपोष्ण प्रदेशीय बागवानी विकास केन्द्रका हरिप्रसाद अधिकारीले सहजीकरण गरेको तालिममा सहभागीलाई धनियाँ, बोडी, करेला, फर्सी, घिरौला, रामतोरी र सिमीको बिउबिजन वितरण गरिएको थिए ।
तालिममा तरकारी खेती व्यवसाय, तरकारीका जात, हिउँदे तरकारी खेती प्रविधि, बालीमा लाग्ने रोग तथा कीराहरूको जानकारी तथा बिषादी ब्यवस्थापन, लहरे तरकारी खेती प्रविधि र कोसे तरकारी खेती प्रविधि, साग बाली खेती र बेमौसमी तरकारी खेती प्रविधि, माटो ब्यबस्थापनमा प्रशिक्षकले सहजिकरण गरेका थिए ।
प्रतिक्रिया