२०८०, २४ जेष्ठ बुधबार

एसइई कप फुटसलमा नागिनीथान विजयी

डबली खबर     बैशाख १६ २०८० १९:३५

see cup futsal tournament winner naginithan youth club nuwakot
Diyo Pathshala Montessori

बट्टार – नुवाकोट युनाईटेड फुटबल क्लबको आयोजनामा भएको दोस्रो जिल्लास्तरीय एसइई फुटसल कप प्रतियोगितामा नागिनीथान युवा क्लब विजयी भएको छ ।

नुवाकोट फुटसलमा आज भएको फाईनल खेलमा नागिनिथानले विदुर नपा-६ लाई ३-१ गोल अन्तरले हराउँदै विजयी भएको हो ।

सेमिफाइनल नागिनीथानले महेन्द्र माविलाई र वडा नम्बर ६ ले सुभेनियर बोर्डिंङलाई हराउँदै फाईनल प्रवेश गरेको थियो ।

विजेता र उपविजेताले क्रमशः नगद १५ हजार र ७ हजार ५०० नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

विजेतालाई विदुर नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष निलमबाबु ढुंगेल, एन्फा नुवाकोटका अध्यक्ष देवनारायण चित्रकार, विदुर नगर खेलकुद विकास समितिका अध्यक्ष अच्युतराज गिरी लगायतले संयुक्तरुपमा पुरस्कार प्रदान गरे ।

दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा एसइई दिएका विद्यार्थीहरुका ८ समुहले सहभागीता जनाएको आयोजक क्लबका अध्यक्ष रामकुमार कोइरालाले जानकारी दिए ।

nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

प्रतिक्रिया


Top